पहिलो पटक गण्डकी प्रदेशमा तेक्वान्दोको ग्रेडिङ सम्पन्न

पोखरा, २५ असार
नेपाल तेक्वान्दो संघले मोफसलमा पहिलो पटक प्रदेश अन्र्तगत गण्डकी प्रदेशमा तेक्वान्दो बेल्ट टेष्ट तथा ग्रेडिङ कार्य सफलता पूर्वक सम्पन्न गरेको छ ।

नेपाल तेक्वान्दे संघ गण्डकी प्रदेश द्वारा आयोजित उक्त बेल्ट टेष्ट तथा ग्रेडीङमा २४ जना तेक्वान्दो खेलाडीहरुको सहभागिता रहेको थियो ।

बेल्ट टेष्ट तथा ग्रेडिङ अन्र्तगत थर्ड डानमा १५, फोर्थमा ६ र फिफ्थमा गरि २४ जना खेलाडी उत्र्तिण भएको गण्डकी प्रदेशका सचिब रमेश पौडेलले बताए ।

यहि असार २३ गते बाट चलेको तिन दिने प्रशिक्षणमा कास्की, पर्वत, बागलुङ र म्याग्दीका खेलाडीहरुको सहभागिता रहेको थियो ।

पहिलो पटक फिफ्थ डनमा सहभागी कास्कीका अरुण माझी, रेखमाया गुरुङ र पर्वतका भरत श्रेष्ठ उत्र्तिण भए । उनीहरु तेक्वान्दोका सिनियर प्रशिक्षक समेत हुन ।

त्यसै गरि फोर्थ डानमा कास्कीका मइन बहादुर गर्वुजा, राखी शर्मा, विष्णु लामा, सुर्य बहादुर राना, म्याग्दीका राम कुमार चौधरी र पर्वतका गंगा बहादुर गुरुङले उत्र्तिण गरे ।

बेल्ट टेष्ट तथा ग्रेडिङमा महिलाहरुको संख्या भने कम देखिएको छ । कुल सहभागी २४ जनामा ४ जनाको मात्रै महिला सहभागिता रहेको थियो ।

बेल्ट टेष्ट तथा ग्रेडिङमा उत्र्तिण भएकाहरुलाई एक कार्यक्रमका बिच प्रमाणपत्र वितरण गर्दै गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सिकेको शिपलाई व्यवहारमा उर्तान आग्रह गरे । उनले खेलाडीलाई अनुशासित भइ खेल मार्फत समाज बिकासको बाटोमा लाग्न आग्रह समेत गरे ।

मन्त्रि गुरुङले हरेक खेलका कुनै न कुनै देशको र समाजको आफ्नै पहिचान र मौलिकता झल्किने भएकाले पनि प्रदेशले पनि त्यस्ता खेलको खोजी गर्दै संरक्षण र सम्वद्र्धन गर्नु पर्ने बताए । उनले प्रदेश सरकार खेलकुद बिकासका लागि प्रतिवद्ध रहेको भन्दै छिट्टै नै प्रदेश स्तरिय खेलकुद एकेडेमी स्थापना गर्ने तर्फ अगाडी बढेको बताए ।

कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रिय उपाध्यक्ष हरिश्वर पोख्रेलले संघले आफ्ना कार्यक्रमहरुलाई विकेन्द्रित गरेर लैजाने निती अनुरुप गण्डकीमा यो कार्यक्रम सफलता पूर्वक सम्पन्न भएकोमा खुसी प्रकट गरे । उनले कार्यक्रमहरुलाई खेल भावनाका मर्फत सहि तरिका सदुपयोग गर्नु पर्नेमा समेत जोड दिए ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यबाहक अध्यक्ष सम्पन्न श्रेष्ठले खेलाडीका लागि आइपर्ने समस्याका बारेमा आफूले गहिरो गरि बुझेको हुनाले सोही अनुरुप खेलाडीको हित र भावना माथी उठाउन प्रतिवद्ध रहेको जनाए ।

नेपाल तेक्वान्दे संघ गण्डकी प्रदेशका अध्यक्ष जगन बहादुर गुरुङले पहिलो पटक मोफसलमा बेल्ट टेष्ट तथा ग्रेडिङ कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा सबैलाई धन्यबाद दिंदै तेक्वान्दो खेलले संधै देशको प्रतिष्ठा माथी उठाउने काम गरेको धारणा राखे ।

सो कार्यक्रममा संघका केन्द्रिय सदस्य मदन केसी, प्रदेश कोषाध्यक्ष माइकल कर्माचार्य, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठकले समेत आफ्नो धारणा राखेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close