केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट : दिेपेन्द्रको उत्कृष्ट प्रदर्शनमा कर्णालीको जित

पोखरा स्पोर्टस । दिपेन्द्र रावतको उत्कृष्ट प्रदर्शनमा पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि२० प्रतियोगितामा कर्णाली प्रदेशले जित निकालेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा कर्णाली ४ विकेटले जित निकालेको हो । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’ विरुद्ध ११० रनको लक्ष्य पछ्याएको कर्णालीका लागि म्यान अफ दि म्याच समेत रहेका दिेपन्द्रले नट आउट रहँदै ३१ बलमा २ चौका र ३ छक्काको मद्धतले ४३ रनको इनिङ खेले । कर्णालीले १८.१ ओभरमा ६ विकेट गुमाउँदै १११ रन बनायो ।

टस जितेर इनिङको सुरुवात गरेको आयोजक रातोले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाउँदै १०९ रन बनायो । चार बल फेस गरेका आयोजकका कप्तान अमर मिश्र १ रन बनाउँदै अनुज चनाराको बलमा रविन्द्र शाहीको हातबाट क्याच आउट हुन पुगे । आयोजकका लागि निर्मल थापाले ३१ बलमा १७ रन, अंकित विएमले १८, निश्चल ज्ञवालीले १९, रोशन गौतमले २० बलमा ३० रन, सहजाद अलामले १६ रनको योगदान दिए ।

कर्णालीका लागि प्रकाश जैशीले २ विकेट हात पार्दा दिनेश अधिकारी र दिवान पुनले समान १–१ विकेट लिए ।

यता जवाफी व्याटिङमा उत्रिएको कर्णालीका लागि दिपेन्द्र राउतले ४३, प्रकाश जैशीले १९ र निश्चल रावलले १५ रन बनाए । आयोजक रातोका लागि विप्राशन केसी र सन्तोष यादवले समान २–२ विकेट लिंदा सन्द्रश पराजुली र सुमित थापाले १–१ विकेट लिए ।

समुह ‘ए’मा रहेका दुवै टिम भने अन्तिम चारबाट बाहिरिएका छन् । सो समुहबाट बागमती लगातार दुई खेल जित्दै सेमीफाइनलमा प्रवेश गरिसकेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close