
पोखरा स्पोर्टस । संविधान दिवशका अवसरमा प्रदेश खेलकुद परिषद गण्डकीले द्विप प्रज्वलन गरेको छ ।
परिषदले पोखरा रंगशालामा आइतबार एक कार्यक्रमको आयोजना गरी द्विप प्रज्वलन गरेको हो । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले द्विप प्रज्वलन गरेका थिए । कार्यक्रममा हाल पोखरा रंगशालामा नियमित प्रशिक्षणमा रहेका खेलकुद संघहरुलाई मन्त्री गुरुङले सेनीटाइजर समेत वितरण गरे ।


यसै गरी प्रदेश खेलकुद परिषद गण्डकीले प्रशिक्षणरत खेल संघहरुलाई कोभिड विरुद्धको सचेतना व्यानर समेत वितरण गरेको छ । खेल संघहरुले उक्त सचेतना व्यानर आफ्नो प्रशिक्षण स्थलमा राखी कोभिड विरुद्धको सचेतना फैलाउन आग्रह गरिएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङका् अध्यक्षतामा भएको कार्यक्रममा खेल संघ र प्रदेश खेलकुद परिषद विच मैत्रीपूर्ण फुटसल कार्यक्रम समेत आयोजना गरी संविधान दिवश भव्य रुपमा मनाइएको परिषदका सदस्य तथा कार्यक्रमका संयोजक रामचन्द्र थापाले पोखरा स्पोर्टसलाई बताए ।
कार्यक्रममा परिषदका उपाध्यक्ष धोज कुमार सहित परिषदका सदस्यहरु, जिल्ला खेलकुद कास्कीका अध्यक्ष सहित पदाधिकारी, खेलाडी लगायत प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।
