तेक्वान्दो टोली बैंकक प्रस्थान

काठमाडौं, असार १५ गते ।

चौथो हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) टोली शुक्रबार थाइल्यान्ड प्रस्थान गरेको छ ।

जुन ३० देखि जुलाई १ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ३६ केजीमा मिसन जिरेल र ५४ केजीमा सञ्जय जिरेलले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ रिमा खत्रीले ३३ केजी तथा हिमकला जिरेलले ३६ केजी तौलसमूहमा भाग लिने छन् ।

प्रशिक्षकमा एनटीएका अध्यक्ष अशोक खड्का छन् । टोलीलाई पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close