
काठमाण्डौं सम्वाददता । पुरुष तर्फ सुरेश भुजेल र महिला तर्फ अनिशा गुरुङ्ग कोभिड १९ पश्चात भएको पहिलो क्रस दुवाथलन सिरिजमा प्रथम स्थान हात पार्न सफल भएका छन् ।

नेपाल ट्राईयाथलन संघको आयोजना तथा जम्प नेशनको सहकार्यमा शनिबार नेपालको सवैभन्दा पुराने ऐतिहासिक चाकुको सहर भनेर चिनिने टोखामा भएको सिरिजको पहिलो प्रतिस्पर्धामा ३५ः४० मिनटका साथ भुजेल र ४३ः५४ मिनटका साथ अनिशा पहिलो भएका हुन् ।
नेपालका पहिलो म्याराथन धावक गजराज जोशिको नामले समेत परिचित टोखामा भएको सिरिजका बिजयी पुरुष खेलाडीले जिम्बु थकालीको तर्फबाट २ हजार बराबरको भौचर र प्याङ्क बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग तथा महिला बिजयी खेलाडीले काठमाण्डौ गेष्ट हाउसको तर्फबाट २ हजार बराबरको भौचर र प्याङ्क बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग प्राप्त गरे ।
टोखा सहरको गणेश स्थान देखि चण्डेश्वरी सम्म २.५ कि.मि. दौड, १० कि.मि. साईक्लिङ्ग र १.५ कि.मि. दौडको क्रस दुवाथलनको बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी टोखा नगरपालिका वडा नं. २ का अध्यक्ष दीपक राज जोशीले पुरस्कार तथा प्रमाण पत्र बितरण गरे ।
स्थानिय स्तरबाट नै नयाँ खेलाडी उत्पादन गर्ने र कोभिडका कारण बिश्वलाईनै अक्रान्त बनाईरहेको अवस्थामा स्थानिय ब्यक्तिहरुलाई क्रियासिल बनाउँदै रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्दै जाने उद्धेश्यले आयोजना गरिएको सिरिजमा पुरुष तर्फ प्रेम सिंह मोया ३७ः०८ मिनट समयका साथ दोश्रो र आईतसिंह तामाङ्ग ३७ः१३ मिनटका साथ तेश्रो भए । यस्तै महिला तर्फ ४८ः४३ समयका साथ सुधा राई र ५२ः३४ मिनटका साथ युश्का महर्जन दोश्रो र तेश्रो भए ।
दोश्रो हुने खेलाडीहरुले क्याफेसिनोको तर्फबाट ५ सय बराबरको भौचर र प्याङ्क बाईकको १५ सय बराबरको साईकल मर्मत भौचर तथा तेश्रो हुने खेलाडीले प्यान बाईकको तर्फबाट १ हजार बराबरको साईकल मर्मतको भौचर प्राप्त गरे ।

खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथी टोखा नगरपालिका वडा नं. २ का अध्यक्ष दीपकराज जोशीले ऐतिहासिक सहर टोखालाई महत्व दिएर प्रतियोगिता आयोजना गरेकोमा नेपाल ट्राईयाथलन संघलाई धन्यवाद दिंदै आफु पनि खेल क्षेत्रबाटनै अगाडी बढोको भन्दै आगामी दिनमा संघ संगै सहयात्रा गर्न इच्छुक रहेको बताए ।
नयाँ खेलाडी उत्पादन गर्ने, स्थानिय स्तरमा खेल प्रति जागरण गर्दै स्थानिय खेलाडी उत्पादनका साथै रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने उद्धेश्यले आजोजन गरिएको सिरिजमा ट्राईयाथलन संग आवद्ध खेलाडीहरु भन्दा नयाँ खेलाडीहरुलाई प्रार्थमिकता दिईएको छ । हामीले स्थानिय स्तरमा युवाहरुलाई खेल प्रति जागरण गर्दै नयाँ खेलाडी उत्पादनका साथै रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने उद्धेश्यले सिरिजलाई महत्वका साथ अगाडी बढाएको संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बताए ।
प्रत्येक दुई दुई हप्ता चार महिना सम्म आयोजना हुने सिरिजको दोश्रो संस्करण माघ १० गते किर्तिपुरमा आयोजना हुने छ ।
ट्राईयाथलन संघ र जम्प नेशनविच सम्झौता
नेपाल ट्राईयाथलन संघ र जम्प नेशनविच सहकार्य गर्ने सम्झौता भएको छ । पहिलो चरणमा एक बर्षको लागि भएको सम्झौतामा संघले आयोजना गरेको सिरिज र अन्य च्याम्पियनसिप तथा प्रतियोगिताहरुमा ईभेन्ट म्यानेजमेन्ट सम्वन्धि सम्पूर्ण कार्य जम्प नेशनले गर्ने गरि सम्झौता भएको हो ।
आज एक कार्यक्रमविच नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ र जम्प नेशनका प्रतिनिधी आशिष कुलले सम्झौता पत्र आदान प्रदान गरे । जम्प नेशन शारिरीक, मानसिक, भावनात्मक र आत्मियका साथ स्वस्थ समूदाय निर्माण गर्ने उद्धेश्यका साथ स्थापित संस्था हो । खेलजिवन मार्फत राष्ट्रको उत्थान गर्ने यसको मुख्य उद्धेश्य रहेको छ ।
