लामाचौर कप भलिबलमा गण्डकीको विजयी सुरुआत

पोेखरा स्पोर्टस । लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल अन्तर्गत शुञmबार भएको पहिलो खेलमा गण्डकीले विजयी सुरुआत गरेको छ ।

नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)को आयोजनामा २५ औं संस्करणको लामाचौर तीज महोत्सव अन्तर्गत भएको पुरुषतर्फको खेलमा गण्डकीले गल्कोट स्पोर्टस क्लवलाई ३–१ ले जित हासिल गरेको हो

गण्डकीले पहिलो सेट २५–२१ ले र दोश्रो सेट २६–२४ ले जित निकाले पनि गल्कोट स्पोर्टस क्लवले गण्डकी विरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै तेश्रो सेट २६–२४ ले जित निकाल्न सफल भयो । तर चौथो सेट भने गण्डकीले २५–१९ ले जित्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

गण्डकीले आज नै दोश्रो खेल मणिमुकुन्ट भलिबल क्लव बुटवल विरुद्ध दोश्रो खेल खेल्नेछ ।

प्रतियोगितामा महिलातर्फ ४ नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लव, न्यू डायमण्ड क्लव तथा एभरेष्ट भलिबल क्लव बुटवलले सहभागिता छ ।

त्यसै गरि पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टोली नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लव, मणिमुकुन्द क्लव बुटवल गरि पाँच टिमको सहभागिता छ ।

लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतिय हुने टिमले क्रमश समान नगद रु १ लाख ५० हजार १ सय ११, १ लाख १ सय ११ र ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट विद्यागततर्फ समेत नगद पुरस्कार वितरण गरिने समाजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close