
पोखरा स्पोर्टस । फिफाले तय गरेको नयाँ फर्म्याटको क्लब विश्वकप आज देखि शुरु भएको छ । फिफा क्लब विश्वकपको उद्घाटन खेलमा इन्टर मियामी र इजिप्टको क्लब अल अहली बराबरी खेलेका छन् ।
आइतबार बिहान फ्लोरिडाको मिआमीस्थित हार्ड रक स्टेडियममा सम्पन्न खेल गोल रहित बराबरीमा सकिएको हो ।
यस खेलमा खेलको ४३औं मिनेटमा अल अहलीले पाएको पेनाल्टी इन्टर मियामीका गोल किपरले बचाएका थिए ।
यो बराबरीपछि समुह ए मा रहेका इन्टर मियामी र अल अहलीले एक एक अंक बाडेका छन् ।
