
पोखरा स्पोर्टस । ललितपुरमा आयोजना हुने १९ औं जयकर मेमोरियल राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा पोखराबाट ४ खेलाडीले सहभागिता जनाउने भएका छन् ।

यहि पौष ५ गते देखि ९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने खेलाडीलाई कास्की जिल्ला टेनिस संघले विदाई गरेको छ । उक्त प्रतियोगितामा यू–८ मा अर्यास राज पौडेल, यू–१० मा स्पन्दन उदास, यू–१२ मा सृजन भट्टराई र दर्शिल श्रेष्ठले सहभागिता जनाउने भएको कास्की जिल्ला टेनिस संघका सचिव नविन श्रेष्ठले जनाएका छन् ।
प्रतियोगितामा सहभागी चारै जना खेलाडीहरु हालै काठमाडौमा सम्पन्न वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताका पदकधारी खेलाडी समेत हुन् । उक्त प्रतियोगितामा यू–८ मा अर्याशले स्वर्ण, स्पन्दनले यू–१० मा रजत, सृजनले यू–१२ मा कास्य र दर्शिलले यू–१२ मा स्वर्ण पदक जितेका थिए ।
प्रतियोगितामा सहभागिता जाने खेलाडीलाई कास्की जिल्ला टेनिसका अध्यक्ष लोक बहादुर गुरुङ, प्रथम उपाध्यक्ष राजु गुरुङ, सल्लाहकार समिर शेरचन, डा.मनिष र जुनियर खेलाडी अर्याशका हजुरबुबा प्रेम प्रकाश गौतमले जितको शुभकामना सहित विदाई गरेका थिए ।
