अभ्यास खेलमा अमेरिकामाथि नेपाली महिला टिम ४ विकेटले विजयी

पोखरा स्पोर्ट्स ।  नेपाली महिला राष्टिय क्रिकेट टिमले अभ्यास खेलमा अमेरिकालाई पराजित गरेको छ ।

नेपालले आइतबार सम्पन्न खेलमा अमेरिकालाई ४ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको १५८ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि अमेरिकाले २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो । यस अघिका दुई अभ्यास खेलमा नेपालले स्कटल्याण्ड र अमेरिकासँग पराजित भएको थियो ।

जनवरी १८ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुनेछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close