
पोखरा स्पोर्टस । मेजर लक्ष्मी प्रसाद गुरुङले हिमालयन मन्थली गल्फ उपाधि जितेका छन् ।
हिमालयन गल्फ कोर्षमा सम्पन्न उक्त प्रतियोगितामा मेजर गुरुङले प्रतिष्पर्धी बलराम थापालाई १ अंकले पछि पार्दै उपाधि जितेका हुन् । समग्रमा मेजर गुरुङले ३५ र थापाले ३४ अंक प्राप्त गरे ।
कोभिड १९ पछि दुई वर्षको अन्तरालमा पुनः सुरु भएको उक्त प्रतियोगितामा ग्रसमा मेजर मदन गुरुङले २५ अंक प्राप्त तेश्रो स्थान हात पारे भने कोलोजेष्ट टु द पिनमा मेजर लक्ष्मी प्रसाद गुरुङ र लङ्गेष्ट टु दि ड्राइभको उपाधि क्या.बद्री राईले जिते ।
बिजेता खेलाडीहरुलाई गल्फका अग्रज खेलाडी मेजर विजय मोक्तान र हिमालयन गल्फका म्यानेजर भूवन गुरुङले ट्रफी वितरण गरेका थिए । प्रतियोगितामा १६ जना गल्फरहरुको सहभागिता रहेको थियो ।
