‘अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता’ पुषको २९ बाट

पोखरा, पोखरामा भ्याली स्पोर्टस् क्लबको आयोजनामा तेस्रो संस्करणको ‘अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता २०७६’ हुने भएको छ ।

पोखरा महानगरपालिका १० रामबजारमा क्रियाशिल क्लबले पुष २९ देखी माघ ४ गते सम्म प्रतियोगिता आयोजना गरिने आयोजकले जानकारी दिएको हो ।

मुल आयोजक समितिका संयोजक विश्व तण्डुकारले रेन्वो एकेडेमी होम्सको खेलमैदानमा पाँच दिनसम्म ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित प्रतियोगिता आयोजना हुने बताए ।

उनले उक्त प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १ लाख ५० हजार प्राप्त गर्ने बताए । उनका अनुसार उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ७५ हजार प्राप्त गर्नेछ ।

उनले प्रतियोगिताबाट सर्बाेत्कृष्ट खेलाडी बन्ने खेलाडीलाई १२ हजार प्रदान गरिने बताउदै सर्वाधिक गोलकर्ता ७ हजारको हकदार बन्ने जानकारी दिए । उनका अनुसार क्लबले टिम दर्ता शुल्क ८ हजार निर्धारण गरेको छ ।

त्यस्तै क्लबका सचिव प्रितम गुरुङले पोखराको उत्कृष्ट मानिने क्लबलाई मात्र पत्राचार गरिएको बताउदै कुल २४ टिमको मात्रै सहभागिता रहने जानकारी दिए । उनका अनुसार ईन्टेक ०६ विग्रेड अफ गोर्खाज युकेको २, आयोजकको २ र स्थानिय क्लबहरुबाट २० गरी कुल २४ टिमले मात्रै प्रतियोगितामा सहभागिता जनाउने छन । ‘हामी पोखराको राम्रो राम्रो क्लबलाई मात्रै खेलमा समाबेश गर्नेछौ’, उनले भने, ‘सँगम, एलजी, सहारा जस्ता क्लबको सहभागिता हुने भएकाले खेलहरु गुणस्तरिय हुनेछ ।’

त्यस्तै क्लबमा सल्लाहकार महेश गुरुङले प्रतियोगिता सम्पन्न गर्नका लागि लागि १० लाख संकलन गरिएको बताउदै सो मध्ये ६ लाख खर्च कटाएर बाकी रहेको रकमले फुटबल एकेडेमी सञ्चालन गर्ने बताए । ‘हामी प्रतियोगिताबाट बचेको ४ लाखले ससाना नानीबाबुहरुका लागि फुटबल एकेडेमी सञ्चालन गर्नेर्छाै’ उनले भने ।

ईन्टेक ०६ विग्रेड अफ गोर्खाज युकेको विशेष सहयोग, रामबजार सोसाईटी बेलायत, रामबजार पोखरा हङकङ, स्पोर्टस् क्लब कोरिया र रामबजार गु्रप अमेरीकाको सहकार्यमा उक्त प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close