भियतनाम जाने गल्फ खेलाडीलाई अध्यक्ष श्रेष्ठले गरे बिदाई

पोखरा, ३ चैत्र । नेपाली युवा गल्फर सुबाश तामाङ र शुक्र बहादुर राई फाल्डो सिरिज एसियाको फाइनलमा प्रतिस्पर्धा गर्न भियतनाम प्रस्थान गरेका छन् । सुबाश र शुक्र आइतबार भियतनामको प्रस्थान गरेका हुन् ।

फाल्डो सिरिज एसियाको फाइनल भियतनामको लगुना लङ दानङ गल्फ कोर्षमा मार्च २० देखि २२ सम्म आयोजना हुनेछ।

गोकर्ण गल्फ क्लबमा गत बुधबार सम्पन्न फाल्डो सिरिज जुनियर गल्फ प्रतियोगिताको उपाधि जित्दै सुबास फाइनल चरणका लागि छनोट भएका हुन् । यस्तै शुक्र उपविजेता बन्दै प्रतियोगिताको लागि छनोट भएका हुन् । दुवै खेलाडीले यस सिजन नेपालको प्रोफेसनल प्रतियोगिता सुर्य नेपाल गल्फ टुरको उपाधि जितेका थिए ।

भियतनाम जाने टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले विदाई गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close