रवन र प्रमा एशियन बक्सिङका लागि छनोट

पोखरा,
एसबीसी एशियन जुनियर बक्सिङ प्रतियोगिताका लागि रवन र प्रमा छनोट भएका छन् ।

मंगलवार भएको पुरुष ५२ केजी तौल समूहको फाईनल खेलमा नक्शालका रवन अलीले बानुज क्लबका एलेव बडगामीलाई अंकका आधारमा ५–० ले हराउदै छनोट भए ।

त्यस्तै महिला ४८ केजी तौल समूहको फाईनल खेलमा जिमखानाकी प्रमा रानाले दाङकी शुसिला थापालाई ५–० अंकले पछि पार्दै छनोट भईन् । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले छनोट भएका खेलाडीलाई बधाई तथा शुभकामना ब्यक्तगदै भने-‘तपाईहरु स्वर्ण जित्ने लक्ष्यका साथ खेल्नु होस्, प्रत्येक बाउट जिते बापत ५० हजार नगदले पुरस्कृत गर्ने छौं ।’

प्रतियोगितामा युएईमा अक्टुवर ८ देखि १७ सम्म संचालन हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close