१७ औं हिसान स्पोर्टस मिटमा प्रतिभा च्याम्पियन, रनिङ्ग शिल्ड माथि पनि कब्जा

पोखरा स्पोर्ट्स । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा भएको १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ शुक्रबार पोखरामा सम्पन्न भएको छ ।

पोखरा रंगशालामा सम्पन्न १७ औं हिसान स्पोर्टस मिटमा प्रतिभा मावि च्याम्पियन भएको छ । १७ औं हिसान स्पोर्टस मिटमा समावेश चार खेलमा नै प्रतिभाले आफ्नो दह्रो उपस्थिती जनाउँदै सम्पन्न प्रतियोगिताको छात्र–छात्रा बास्केटबलमा प्रथम हुँदै ७–७ अङ्क, छात्र भलिबलमा प्रथम स्थान प्राप्त गरी ७ अङ्क, ब्यामिन्टन र टेबुल टेनिसमा समग्रमा दोस्रो स्थानमा रहि ५–५ अङ्क प्राप्त गर्दै कुल ३१ अङ्कका साथ प्रतिभा च्याम्यिन बनेको हो । हिसान कास्की स्पोर्टस मिटको इतिहासमा हाल सम्मकै सर्वाधिक अङ्क प्रतिभाले प्राप्त गरेको छ ।

१५ औं र १६ औं हिसान स्पोर्टस मिटको समेत च्याम्पियन रहेको प्रतिभाले लगातार तेस्रो पटक च्याम्पियन हुँदै हिसान स्पोर्टस मिटको ट्रफिमा समेत कब्जा जमाएको छ । यस अघि ग्लोबल कलेजियट, न्यू ग्यालेक्सीले ट्रफीमा कब्जा जमाएका थिए ।

पोखरा रंगशालामा शुक्रबार सम्पन्न प्लस टु छात्र बास्केटबलमा प्रतिभाले न्यू ग्यालेक्सीलाई ५६–५० ले पराजित गरी पहिलो भएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा ४० मिनेट सम्म बराबरी खेलेका दुबै टिमले थपिएको चार मिनेटमा प्रतिभाले बाजी मार्न सफल रह्यो । यस्तै मनकामना माविले तेस्रो स्थान प्राप्त गरेको छ । मनकामनाले कास्की मोर्डनाइज्डलाई पराजित गरेको हो ।

छात्र बास्केटबलमा न्यू ग्यालेक्सीका हाइएष्ट स्कोरर रविन गर्वुजा पुन बने भने मष्ट भेलुएबल प्लेयरको ट्रफी प्रतिभाका ओमकार रकालले हात पारे ।

छात्रा बास्केटबलमा हाइएष्ट स्कोरर ग्लोबल कलेजियटकी आकृती बिक बनिन भने मष्ट भेलुएबल प्लेयरको ट्रफी प्रतिभाकी कुसुम बानियाँ बनेकी छन् ।

यता विश्वद्यिालय विङ छात्र बास्केटबलतर्फ लेक सिटी कलेज पहिलो र पोखरा कलेज अफ म्यानेमेन्ट दोस्रो भएका छन् भने तेस्रो स्थानमा लिंकन इन्टरनेशनल कलेज भएको छ ।

विश्वद्यिालय विङ छात्रा बास्केटबलमा लिकंनकी निवृती शर्मा हाइएष्ट स्कोरर तथा मष्ट भेलुएबल प्लेयर लेकसिटीकी प्रियङ्का थापा बन्न सफल भए ।

शुक्रबार नै सम्पन्न प्लस टु छात्र भलिबलमा प्रतिभा मावि पहिलो भएको छ । फाइनल खेलमा गुरुकल माविलाई २–१ सेटले पराजित गरेको छ । फाइनलमा २५–२१ ले पहिलो सेट गुमाएको प्रतिभाले दोस्रो र तेस्रो सेट २५–१७ र २५–१४ ले जित दर्ता गर्न सफल भयो । त्यसै गरी न्यू ग्यालेक्सीले सिर्जना माविलाई २५–१६ र २५–१९ ले पराजित गरी तेस्रो स्थान हात पारेको छ ।

यसै गरी प्लस टु छात्रातर्फ करुणानिधि फाउन्डेशनले गुरुकुल माविलाई २५–१४ र २५–१७ को सोझो सेटमा पाखा लगाउँदै पहिलो र दोस्रो स्थान हात पार्दा सिर्जनाले सगरमाथालाई २५–१७ र २५–१६ ले पराजित गरी तेस्रो भएको छ ।

प्रतियोगितामा छात्रतर्फ गुरुकुलका विबेक हमाल वेष्ट स्पाइकर, छात्रातर्फ गुरुकुलकी झरना छन्त्याल र उत्कृष्ट खेलाडीमा छात्रातर्फ केफकी धन कुमारी विक र प्रतिभाका लोबसन सुनार घोषित हुँदै ट्रफी हात पारे ।

यस्तै टेबुल टेनिस प्लस टु तर्फ सिर्जना मावि समग्रमा पहिलो स्थान हात पार्दा प्रतिभा दोस्रो र सगरमाथा तेस्रो भएको छ । त्यस्तै विश्वविद्यालय विङतर्फ पोखरा इन्जिनियरिङ कलेज पहिलो, इन्फर्मेटिक्स दोस्रो र लिंकन कलेज तेस्रो भएको छ ।

स्पोर्टस मिट अन्तर्गत बिहिबार सम्पन्न भएको प्लस टु (कक्षा ११–१२) छात्रा–छात्रा र विश्वविद्यालय विङतर्फका ब्याडमिन्टनका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत ब्याडमिन्टन प्लस टुतर्फ मदरल्याण्डले बाजी मारेको छ । समग्रमा मदरल्याण्डले माविले ७ अङ्क प्राप्त गर्दा प्रतिभा मावि दोस्रो हुँदै ५ र कास्की मोर्डनाइज्ड तेस्रो हुँदै ३ अङ्क हात पारेको ब्याडमिन्टनका संयोजक पुरन कुंवरले जानकारी दिए ।

त्यस्तै विश्ववद्यिालय विङतर्फ पोखरा लिंकन इन्टरनेशनल कलेज ७ अङ्का साथ पहिलो बन्दा पोखरा इन्जिनियरिङ कलेज ५ अङ्का साथ दोस्रो, इन्फर्मेटिक्स र पोखरा कलेज अफ म्यानेजमेन्ट ३–३ अङ्कका साथ तेस्रो स्थान प्राप्त गरे ।

यस्तै छात्र प्लस टु सिंगल्समा प्रतिभाका विज्ञान भण्डारीले मदर ल्याण्डका दिप रानालाई २–१ को सेटमा पराजित गर्दा छात्रा सिंगल्समा केएमएकी प्रजु थापाले मदर ल्याण्डकी विशिष्ट केसीलाई २१–१६, २१–११ ले पाखा लगाइन् ।

छात्र सिंगल्समा मदर ल्याण्डका पृथक गुरुङ र प्रतिभाका सुमित सुनार र छात्रातर्फ सगरमाथाकी सदिक्षा खत्री र ग्लोबलकी प्रश्मिता खाँडले तेस्रो स्थान हात पारे

प्लस टु छात्र डबल्समा प्रतिभाका विज्ञान भण्डारी र सुमित सुनारको जोडीले मदर ल्याण्डका दिप राना र पृथक रानाको जोडीलाई २२–२०, २१–१७ ले पराजित गरे । यस्तै छात्रातर्फ केएमएका प्रजु थापा र आइशा संग्रौलाको जोडीले मदरल्याण्डका विशिष्ट केसी र उपसना पौडेललाई २१–१५, १६–२१ र २१–७ ले पराजित गरेका छन् ।

त्यस्तै छात्र डबल्समा सगरमाथाका समिर र सुमन अधिकारीको जोडी रेन्वोका आइशा राना र किस्मत गुरुङको जोडी तथा छात्रातर्फ ज्योतीकुञ्जका सज्जा घले र आयुप्सा गुरुङको जोडी र ग्लोबलका शइन थापा मगर र प्राप्ती खड्काको जोडीले तेस्रो स्थान हात पारे ।

बिजेता खेलाडीहरुलाई पोखरा महानगर पालिकाका मेयर धनराज आचार्य, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङ, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, हिसानका केन्द्रिय उपाध्यक्ष बाबुराम पन्त, हिसान कास्कीका अध्यक्ष दिवाकर जैशी, प्रतियोगिताका संयोजक याम बहादुर रोक्का, हिसान कास्कीका उपाध्यक्ष ढाकाराम कंडेललगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

१७ औं संस्करणको हिसान स्पोर्टस मिटमा प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा सहभागिता जनाएका थिए ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस टु तर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १५ मध्ये कुल ६१ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएको हिसान कास्कीका सचिब किरण सापकोटाले जानकारी दिए ।

निजी शिक्षालयहरूको साझा संगठनका रुपमा रहेको हिसान अन्तर्गत कास्कीमा ४० हजार भन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा संगठित ६६ भन्दा बढी प्लस टु विद्यालय र १५ वटा कलेजहरु आबद्ध रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close