
पोखरा, ४ चैत्र ।
नेपाल खेलकुद पत्रकार मंच गण्डकी प्रदेशको नवनिर्वाचित कार्यसमितीलाई एक कार्यक्रमका बिच पदभार हस्तान्तरण गरिएको छ । यहि फागुन २५ गते सम्पन्न प्रथम अधिबेशनले एक राज गिरीलाई अध्यक्षमा निर्वाचित गरे पछि निवर्तमान अध्यक्ष केशब पाठकले पदभार हस्तान्तरण गरेका हुन ।
यसै गरी तीन वर्षे कार्यकाल रहेको समितिका निर्वाचित हुने अन्य पदाधिकारी तथा सदस्यहरुमा रन्जन अधिकारी उपाध्यक्ष, बिजय नेपाल महासचिब, राजाराम पौडेल सचिब, शसी पौडेल कोषाध्यक्ष,सदस्यहरुमा खुल्लातर्फ उमेश पुन, नारायण शाही र रोशन अधिकारी, दलिततर्फ शुशिल नेपाली, महिलातर्फ कविता घर्ती मगर, आदिवासी जनजातितर्फ गीता रानामगर रहेका छन ।
सो कार्यक्रमकी प्रमुख अतिथी एवम गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नरदेबी पुनले पत्रकारहरुमा अनुशन्धान र जवाफदेहिता अनिवार्य शर्त रहेको बताएकी छन । मन्त्रि पुनले कुनै समाचार प्रकाशित हुनु भन्दा अघि त्यसको गहन अनुशन्धान आवश्यक रहेको कुरा औल्याउँदै भनिन–“यसका लागि निरन्तरता र दृढइच्छाशक्ति समेत हुन आवश्यक छ ।”
सो अवसरमा मन्त्रि पुनले नव निर्वाचित कार्यसमितीका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरेकी थिइन ।
कार्यक्रमा गण्डकी प्रदेश सांसद तथा अर्थ तथा बिकास समितीका सभापती दिपक कोइरालाले पत्रकारीता जगतमा सिर्जनशिलता र अनुशन्धान मुलक समाचारको कमी आएको बताउँदै भने–“यदि हामीले गरेका काम अनुशन्धानमुलक र भनिएको समयमा हुँदैन भने हाम्रो समाज समृद्धी तर्फ उन्मुख हुन सक्दैन ।”
यसै गरि गण्डकी प्रदेशकी सांसद मिना गुरुङले खेलकुद पत्रकार मंचले उदाहरणिय काम गरेकोमा आभार व्यक्त गर्दै खेलकुद पत्रकारितामा पनि खोज मुलक पत्रकारिता गर्न सुझाव दिइन ।
सो अवसरमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले मंचले स्पोर्ट्स अर्वाड लगाएत अन्य खेलकुदको क्षेत्रमा रचनात्मक काम गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राम कृष्ण ज्ञवाली, पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष शान्ती गुरुङ, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, मंचका निर्वमान अध्यक्ष केशब पाठक, नवनिर्वाचित खेलकुद पत्रकार मंचका अध्यक्ष एक राज गिरी, निर्वाचन समितीका सदस्य एवम जिल्ला खेलकुद कार्यालयका प्रमुख प्रकाश बराल लगाएतले बोलेका थिए ।
कार्यक्रम निर्वाचन समितीका संयोजक विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तस्बिरः सुदर्शन रंजित
