बगर भाइ खलक एट ए साइडमा पहिलो चरणका खेल सम्पन्न

पोखरा, पोखराको प्रतिष्ठित सामाजिक संस्था बगर भाईखलकको आयोजनामा “तेश्रो स्व. रन्जित गुरुङ स्मृती तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता”को तेश्रो दिन पहिलो चरणका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन ।

आज सम्पन्न पहिलो खेलमा अभिषेक चर्च ललितपुरले फ्रिडम एफसी ललितपुरलाई २–० ले पाखा लगाएको छ । अभिषेकको जितका लागि शिब कुमार श्रेष्ठ र शुभाष आङ थुपोले समान १–१ गोल गरे । यता अर्को एक पोखरेली टोली एबिसी पोखराले पश्चिम नवलपरासीलाई ३–० ले पराजित गरेको छ । एबिसीलाई सहज जित दिलाउन विजय गुरुङ, मनकाजी गुरुङ र पूर्णचन्द्र न्यौपानेले समान १–१ गोल गरे ।

यसै गरि जोरपाटीको भेट्रान टिमले पश्चिम चितवनलाई २–० ले पराजित गरेको छ । जोरपाटीको जितका लागि कैलाश डंगोल नायक बने । उनले एक्लैले २ गोल गरे । किङकम काठमाडौलाई काठमाडौकै एक अर्को टिम नाइट किङ गौचरनले ३–१ले पराजित गर्यो । नाइट किङका लागि हरि बहादुर महतोले २, मनु गौतमले १ र पराजित टिमका लागि सुवोध डंगोलले एक गोल फर्काए ।

पोखराको संगम एफसी भने चितवन, भरतपुर संग २–१ ले स्तव्ध बन्यो । जितका लागि रबिन्द्र श्रेष्ठ र भरत गुरुङले समान १–१ गोल गरे भने संगमका लागि पूर्ण बहादुर गुरुङले १ गोल गरे । यता मिया सन मिया काठमाडौका धनविर चौधरीको १ मात्र गोलले बानेश्वर भेट्रान पराजित भएको छ । प्रि क्वाटरका लागि आजै सम्पन्न भएको खेलमा टि वर्गर ललितपुरले बुटवल भेट्रानलाई ३–० ले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । जितका लागि शुक्र तामाङले २ र कृष्ण मालाकारले १ गोल गरे ।

“स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नारालाई आत्मसात विगत २०६८ साल देखि ४० बर्ष देखि ६५ बर्षको उमेर समुहको उक्त भेट्रान फुटवल प्रतियोगीता माघ ११ गते सम्म संचालन हुनेछ । प्रतियोगितामा विभिन्न ९ जिल्ला र भारत कलकत्ताका गरि २८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा उपाधी विजेताले नगद १ लाख ११ हजार र उपविजेताले ५५ हजार ५ सय ५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बगर भाइ खलकका अध्यक्ष दिल बहादुर गुरुङले जनाएका छन ।

त्यसै गरी सेमीफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई नगद रु. १० हजार प्रोत्साहन स्वरुप प्रदान गर्ने संस्थाले जनाएको छ । त्यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्ड हुने खेलाडीलाई ट्रफी सहित जनही नगद रु. ५ हजार प्रदान गरिदेछ साथै सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद रु. १० हजार दिइने छ । त्यस्तै अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मान एवं हरेक खेलका म्यान अफ दि म्याच लाई बिशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तरगत माघ ९ गते एक प्रि क्वाटरका ५ वटा खेल संचालन हुनेछन । प्रिक्वाटर अन्तरगत आयोजक बगरभाई खलक सेतो र हेटौडा भेट्रान विच पहिलो खेल हुने प्राविधिक संयोजक खगेन्द्र गुरुङले बताए । यसै गरि भनिमञ्डल ललितपुर र अभिषेक चर्च ललितपुरका विच दोश्रो र एक्स पोखरा र लेकसाइड भेट्रानका विच तेश्रो, हेटौडा रातो र सानो गौचरन तथा अन्तिम खेल जोरपाटी भेट्रान र मिया सन मियाका विच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close