सर्वोच्चले फर्कायो राखेपका सदस्य सचिव सिलवाललाई

“म भोली नै सर्वोच्चको पत्र वुझेर काममा फर्किन्छु”-सिलवाल

पोखरा स्पोर्टस । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाललाई आफ्नो काममा फर्कन अन्तरिम आदेश गरेको छ ।

गत महिना मन्त्री परिषद्ले बर्खास्त गरेका राष्ट्रिय राखेपका सदस्य सचिव सिलवाललाई काममा फर्कन सर्वोच्चले आदेश दिएको हो । मन्त्रीपरिषद्ले कात्तिक १ गते सिलवाललाई स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गरेको थियो । त्यसका विरुद्धमा सिलवाल सर्वोच्च गएका थिए । न्यायधिश हरि फुयालको एकल इजलासले बुधबार आदेश जारी गर्दै काममा फर्कन भनेको राखेप सदस्य सचिव सिलवालले पोखरा स्पोर्टसलाई जानकारी दिए । “म भोली नै सर्वोच्चको पत्र वुझेर काममा फर्किन्छु” सदस्य सचिव सिलवालले भने ।

सिलवाललाई बर्खास्त परेपछि युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजको सिफारिसमा मंसिर १३ गतेको मन्त्रीपरिषद् बैठकले टंकलाल घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ का आधारमा भएको राखेप सदस्य सचिवको बर्खास्तका विषयमा पहिलो पटक सर्वोच्चमा रिट परेको हो । केपी ओलीको नेतृत्वमा रहेको सरकारले सिलवाललाई गत वर्ष साउनमा खेलकुद विकास ऐन २०७७ अनुसार सदस्य सचिव नियुक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close