‘साग सम्पन्न गर्न सबैले ध्यान केन्द्रित गरौं’, राजेश गुरुङ, राखेप बोर्ड सदस्य

पोखरा २ साउन । राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्य राजेश गुरुङले १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न गर्न सबैले ध्यान केन्द्रित गर्न सबैले आ–आफ्नो जिम्मेवारी तदारुकताका साथ निर्वाह गर्नु पर्ने जनाएका छन ।

पोखरा रंगशालामा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती, जिल्ला खेलकुद बिकास समितीका कर्मचारी, प्रशिक्षक र प्राविधिकहरुका बिच आयोजित बैठकमा राखेप सदस्य गुरुङले निर्देशन दिंदै पूर्वाधारको काम फाष्ट ट्रयाकमा सक्न के कसरी गर्न सकिन्छ त्यस बारे समेत निष्कर्ष निकाल्न आग्रह गरे ।

राखेप सदस्य गुरुङले साग सम्पन्न गर्न चुनौती रहेको कुरा राख्दै राखेप सदस्य गुरुङले यो समय कसैको कमिकमजोरी केलाएर समय खेर फाल्ने भन्दा पनि समयमा पूर्वाधार सक्ने तर्फ सबैले ध्यान केन्द्रित गर्नुपर्ने बेला भएको धारणा राखे ।

सम्पन्न बैठकले १३ औं दक्षिण एशियाली खेलकुद (साग) र नवौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न पोखरा रंगशालाका विभिन्न खेल मैदानहरु, शौचालय निर्माण, कार्यालय व्यवस्थापन लगाएतका विषय संगै वगैचा निर्माण संगै रगशाला परिसरमा हरियाली बाताबरण निर्माण गर्नका लागि समेत निर्णय गरिएको कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले बताए ।

उक्त बैठकले गेट, ट्राफिकको व्यवस्था, शुरक्षा गार्ड, स्टोरको ब्यवस्था, सडकको निर्माण लगाएत अन्य विषयहरुमा समेत छलफल गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

बैठकमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, निर्देशक विद्या मर्सानी, जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बराल लगाएत अन्य कर्मचारीहरुले समेत बैठकमा सक्रिय रुपमा सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close