सोसल पब्लिकद्वारा आयोजित एस.ई.ई लक्षित बास्केटबल सुरु

पोखरा स्पोर्टस । निजी विद्यालयहरुमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पोखरा १० बुद्धचोकस्थित सोसल पब्लिक स्कुलद्वारा आयोजित छात्र–छात्रा बास्केटबल प्रतियोगिता सुरु भएको छ ।

विद्यालयले हालै एस.ई.ई दिएर बसेका विद्यार्थीहरुको समय सदुपयोग गर्न बास्केटबल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको पहिलो दिन छात्र–छात्रातर्फ १० खेल सम्पन्न भएको विद्यालयका संस्थापक एवं प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले जानकारी दिए ।

प्रतियोगिताको पहिलो दिन छात्रतर्फ कोट गाँउले माउन्ट अन्नपूर्ण मावीलाई २८–२३ ले, के.बि.एले सफा पानी टिमलाई ४६–१० ले, होपर्स टिमले सिर्जनालाई २७–०२ ले, माउन्ट अन्नपूर्णले एस.वाई.सीलाई ३७–६ ले, रामघाटले सोल्टीलाई १८–१७ ले, के.वि.एले मर्दिखोलालाई २८–१९ ले, कोट गाउँले लम्जुङलाई ४५–१७ ले पराजित गरेका छन् ।

त्यस्तै छात्रातर्फ स्पाकर्सले माउन्ट अन्नपूर्णलाई ७–५ ले, मर्दिखोले के.बि.एलाई १६–४ को स्कोरले पराजित गरेको विद्यालयका प्राचार्य शिद्धार्थ शर्माले जानकारी दिए ।

यस अघि प्रतियोगिताको उद्घाटन अग्रज समाजसेवी रि.कर्णेल जेपी क्रसले एक कार्यक्रमका बीच गरेका थिए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै विद्यालयका संस्थापक निर्देशक खिम गुरुङले प्रतियोगितामा उत्कृष्ट हुने ५ छात्र ५ छात्रा गरी १० जनालाई कक्षा ११ को भर्नामा ५० देखि शतप्रतिसत छात्रवृती दिइने बताए ।

प्रतियोगितामा छात्रतर्फ २० र छात्रातर्फ ६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा छात्रतर्फ विजेता टिमले नगद १५ हजार, उपविजेताले नगद रु १० हजार र छात्रातर्फ बिजेताले १० र उपबिजेताले ५ हजारका साथमा ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गने विद्यालयका संस्थापक  गुरुङले बताए । यस्तै सवोत्कृष्ट छात्र–छात्रा तथा हाइस्कोरर छात्र–छात्रा खेलाडीलाई समेत विशेष पुरस्कार प्रदान गरिने छ ।

२०५३ सालमा स्थापना भएको विद्यालयमा कक्षा नर्सरी देखि प्लस टु (११–१२) कक्षा सम्म अध्ययन अध्यापन हुँदै आएको र प्लस टु (११–१२) कक्षातर्फ म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र क्म्प्युटर साइन्स सम्वन्धि अध्ययन अध्यापन हुँदै विद्यालयका प्राचार्य शर्माले जानकारी दिए ।

विद्यालयले आफ्नो स्थापना समय देखि नै शिक्षा संगै खेलकुद लगायत विभिन्न कृयाकलाप समेत सक्रियता पूर्वक सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close