नवौ राष्ट्रिय खेलकुद : घाँस काटने, माटो सम्याउने अनि प्रतियोगिता गर्ने

पोखरा स्पोर्टस/सुरज श्रेष्ठ/ तस्विर: सुदर्शन श्रेष्ठ । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन ९ दिनमात्र बाँकी छ । यति छटो समयमा अब नवौ राष्ट्रिय प्रतियोगिताको लागि स्थायी संरचना बन्ला भन्ने त सम्झने पानी छर्कन जस्तै हो । राष्ट्रिय प्रतियोगिताको उद्धेश्य देशको संभावित स्थलमा संरचना नयाँ बन्नु पनि हो । भौतिक संरचना निर्माण हुनु भनेको खेलाडी उत्पादन हुनु हो । तर राष्ट्रिय खेलकुद परिषद प्रतियोगिता छिटोे सकेर नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता भव्यका साथ सम्पन्न भयो भनेर कार्तिक ४ गतेको पर्खाईमा रहेको देखिन्छ ।

दुई/दुई वर्षमा आयोजना हुनु पर्ने राष्ट्रिय खेलकुद प्रतियोगिता पहिलो देखि तेस्रो सम्म नियमित भए पनि त्यस पछि कहिले राजनितिक परिवर्तन कहिले कोभिडका कारण कहिले संबन्धित मन्त्रीकै इच्छा शक्ति नभएका कारण नियमित हुन सकेन । नियमित तोकेको समयमा हुँदो हो त अहिले राष्ट्रिय प्रतियोगिताको २० औ संस्करण हुनु पर्ने हो । नवौ राष्ट्रिय प्रतियोगिता गण्डकी प्रदेशले आयोजना गर्ने उद्धघोष भएको दिन जुन खुसी उमंग गण्डकी प्रदेश बासीलाई थियो । अहिले आएर टाई-टाई फिस भएको छ ।

दुई/दुई वर्षमा आयोजना हुनु पर्ने राष्ट्रिय खेलकुद प्रतियोगिता पहिलो देखि तेस्रो सम्म नियमित भए पनि त्यस पछि कहिले राजनितिक परिवर्तन कहिले कोभिडका कारण कहिले संबन्धित मन्त्रीकै इच्छा शक्ति नभएका कारण नियमित हुन सकेन । नियमित तोकेको समयमा हुँदो हो त अहिले राष्ट्रिय प्रतियोगिताको २० औ संस्करण हुनु पर्ने हो । नवौ राष्ट्रिय प्रतियोगिता गण्डकी प्रदेशले आयोजना गर्ने उद्धघोष भएको दिन जुन खुसी उमंग गण्डकी प्रदेश बासीलाई थियो । अहिले आएर टाई-टाई फिस भएको छ ।

आफनो ठाउँमा नवौ राष्ट्रिय प्रतियोगिता आयोजना भईरहँदा भौतिक संरचना नभएको कारणले सुटिङ, पुरुष क्रिकेट लगायतका खेल गर्न सक्दैनो भनेर हात उठाउन पर्‍यो । त्यो भन्दा बिडम्ना के हुन सक्छ ? राष्ट्रिय खेलकुद परिषदका लेखा प्रमुख पासाङ शेर्पाले नवौ राष्ट्रिय प्रतियोगिताको भौतिक संरचना निर्माणको लागि १ करोडको सिलिङ रहेको बताए । ‘१ करोडको सिलिङ भए पनि अपुग आवश्यक रकम अन्य शिर्षकबाट तानतुन गरेर मिलाउछौ । पैसा रोक्दैनौ ।’ पासाङले भने । तर नवौ राष्ट्रिय प्रतियोगिताको ३६ खेलका लागि राष्ट्रिय खेलकुद परिषदले १ करोड छुट्टाएको रकम प्रयाप्त छैन भनेर खेलस्थल व्यवस्थापन उपसमिति संयोजक एंव राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङले पहिले देखि बताउदै आएका छन प्रतियोगिता आयोजना हुन ९ दिन बाँकी रहँदा सम्म राखेपले खेलस्थल व्यवस्थापनको लागि छुट्टाएको १ करोड मध्यकै रकम आफनो समितिमा नआउँदा नवौ राष्ट्रिय प्रतियोगिताको काम गर्न उनले नभने पनि उनलाई अप्ठारो भएको देखिन्छ ।

राखेपले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता व्यवस्थापनको लागि भनेर पश्मिाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी र लेखा प्रमुख डिबी नेपालीको खातामा २५/२५ लाख राखिदिएको राखेप लेखा प्रमुख पासाङले बताए । पश्मिाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख योगिले कार्यालय संचालनको लागि आफनो खातामा २५ लाख आएको बताए । त्यस्तै लेखा प्रमुख डिबी नेपालले आफनो खातामा २५ लाख आएको, तर कुन शिर्षकमा आएको थाहा नभएको बताए । दशै लगतै बैक खुले पछि थाहा हुने उनले बताए ।

नवौ राष्ट्रिय प्रतियोगिता खेलस्थल व्यवस्थापनका संयोजक राजेश गुरुङले हिजो पोखराबाट संचालन हुने खेलकुद अनलाइन पोखरा स्पोर्ट्सलाई प्रतियोगिताको महत्वपुर्ण रहेको खेलस्थल व्यवस्थापनलाई कुनै रकम नआउँदा दुःख लागेको बताएका थिए । राखेपले १ करोडको सिलिङले नपुग भएमा अन्य शिर्षकबाट तानतुन गरेर भए पनि मिलाउने बताई रहँदा सिलिङ भित्रकै १ करोडको रकम मध्यको कुनै रकम नआउँदा काम गर्न कठिनाई भएको संयोजक गुरुङले विभिन्न सञ्चार माध्यमलाई बताएका छन ।

राष्ट्रिय खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज गुरुङले ‘नवौ राष्ट्रिय खेलकुदका नभई नहुने पुर्वाधारका लागि गएको सरकारले स्विमिङ खेल, सुटिङ र फलड् लाईटको लागि रकम विनियोजित गरेको थियो । कार्यान्वयन नहुदाँ प्रदेशलाई नै घाटा भो ।’ उनले भने–‘गण्डकी प्रदेशमा नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता भईरहदाँ यहाँ धेरै संरचना बन्नु पर्ने हो । ३६ खेल मध्यको एक दुई खेलको बाहेक संरचना नबन्दा केन्द्रिकृत मानसिकता बाट राज्य माथि उठ्न नसकेको हो कि ?’ उनले प्रतिप्रश्न गरे ।

पूर्वाद्धारमा निर्माणमा चासो नदेखाउँदा गण्डकी प्रदेशका खेलाडीहरुले समेत खिन्नता प्रकट गरेका छन् । त्यस मध्येका एक सुदिप आचार्यले त आफ्नो फेसबुक मार्फत नै तितो पोखे । उनले विना तयारी र पूर्वाद्धार निर्माणलाई अन्तिम रुप नदिंदा खेलाडी मात्रै नभई गण्डकी प्रदेश नै ठगिएको बताए । उनले ६० करोड मध्ये गण्डकीका सवै जिल्लामा पूर्वाद्धार निर्माणका लागि कम्तिमा १/१ करोड विनियोजन गरेको भए ति जिल्लामा खेलकुदका पूर्वाद्धार मात्र निर्माण नभई खेलकुदको जग बलियो बनाउन सहयोग पुग्ने बताए । उनले भने–“हामी अहिले निरिह बनेर नवौं राष्ट्रिय खेलकुदको तयारी गर्दैछौं । यस्तो टेको मात्र हालेर गरेको राष्ट्रिय खेलकुदले केही व्यक्तिलाई फाइदा पुग्छ तर समग्रमा खेलाडी र खेलकुदलाई कुनै सहयोग गर्दैन ।”

प्रदेश राजधानी भएकोले प्रतियोगिताको अधिकांश खेल पोखरामा हुने बताएको छ । तर पोखरा रंगशाला भित्र नयाँ संरचना बनेको छैन । एक खेल विज्ञले चिन्ता व्यक्त गर्दै भने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आएको ६० करोडले मैदानको झार फाँडने र माटो सम्मयाउदैमा सकिएला जस्तो छ । असोजको २८ गतेबाट संचालन हुने प्रतियोगिता कार्तिकको ३ गते समापन हुने छ । ३६ खेल समावेश गरिएको राष्ट्रिय प्रतियोगितामा ४०४ स्वर्ण सहित १३८६ पदकको लागि ७८७६ खेलाडीले सहभागीता जनाउने छन् ।

तनहुँ, पर्वत, गोरखा, स्याङजा, नवलपुर, म्याग्दी, बाग्लुङ र कास्की गरि ८ जिल्लामा खेल हुने छ । जसमा ७ प्रदेश ३ विभागिय र १ गैह्र आवसिय नेपालीहरुको टीम गरि जम्मा ११ टीमको सहभागीता रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close