
पोखरा, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राज बैद्य र १३ औं दक्षिण एसियाली खेलकुद (साग) राष्ट्रिय टिम तयारीका संयोजक रिम बहादुर रानाभाटले नेपालको तर्फ बाट सेफ दि मिसनको नेतृत्व गर्दै बैठकमा सहभागी हुने भएका छन ।
उपाध्यक्ष वैद्य र संयोजक रानाभाटले नोभेम्बर ९ देखि ११ तारिख सम्म नेपालमा आयोजना हुने सेफ दि मिसनको बैठकमा सहभागीता जनाउने एनओसीले आज एक प्रेस वित्रप्ती जारी गर्दै जनाएको हो ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक र सेफ दि मिसनको बैठक काठमाडौ बस्ने भएको छ । टोलीले काठमाडौ र पोखरामा साग अन्तरगत हुने खेल स्थल निरिक्षण गर्नुका साथै नेपालको तयारी र व्यवस्थापन बारे जानकारी समेत लिनेछ ।
