
पोखरा स्पोर्टस । नेपाली महिलाहरुको पर्व तिज आउन अझै तिन दिन बाँकी छ । तर नाच्ने र दर खाने माहोल भने एक महिना अघि बाटै सुरु भएको हो । यहि माहोललाई छोपेर नेपाल खेलकुद महासंघ कास्कीले पोखरामा महिलाहरुको डोरी तान (रस्साकस्सी) प्रतियोगिता आयोजना गर्यो ।

म्हिलाहरु नाच्न छोडेर जमेर डोरी तान प्रतियोगितामा सहभागि भए । कुल २४ टीमको सहभागीता रह्यो प्रतियोगितामा । तिजको अवसरमा गरिएको यो खेलकुद कार्यक्रमले धेरैलाई आकर्षण गरेको बताउँछन् महासंघ गण्डकी प्रदेशका अध्यक्ष विष्णु पुन । “यो प्रतियोगिता महिलाहरुलाई खेलकुदमा लाग्नु पर्छ भन्ने सन्देश दिनका लागि आयोजना गरिएको थियो, सफल रुपमा सम्पन्न भयो”, उनले भने । महासंघ एमालेको कान्छो भातृ संगठन भएतापनि छोटो समयमा रचनात्मक काम संगै मौलिक खेलहरु संरक्षण गर्ने अभियानमा अघि बढेको उनको भनाई थियो ।
प्रतियोगिताको उपाधी हिमला आमा समुह पोखरा २७ ले हात पार्यो । पहिलो स्थान भए संगै नगद ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो उक्त टिम । प्रतियोगितामा बगर महिला समुह पोखरा १ ले दोश्रो स्थान सहित नगद ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयोभने पोखरा २६ मा रहेको जनकल्याण महिला समुहले तेश्रो स्थान सहित नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।
त्यसैगरी कुल २० जना सहभागीता रहेको एकल महिला नृत्य तर्फ तारा नेपाली प्रथम, सोनिया बानिया दोश्रो, सीता परियार( मादी) तेश्रो र पवित्रा भुषालले शान्तवना स्थान हासिल गर्न सफल भइन । प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र शान्तवना स्थान हासिल गर्नेले क्रमश नगद २०००, १५००, १००० र ५०० रहित प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा बिजयीहरुलाई रुपा गाउपालिकाका अध्यक्ष नवराज अधिकारी, खेलकुद महासंघ गण्डकी प्रदेश अध्यक्ष विष्णु पुन, खेलकुद महासंघ कास्की अध्यक्ष दुर्गादत्त पोखरलेल लगायतले पुरस्कार प्रदान गरेका थिए ।
उक्त प्रतियोगिताको उद्घाटन गर्दै नेकपा एमाले कास्कीका ईन्चार्ज कृष्ण थापाले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा कास्कीबाट ४ जना महिलालाई उमेदवार उठाउने वताएका छन । तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीबाट संघमा एक र प्रदेशमा तीनजना महिला उमेदवारका रुपमा उठाउने र त्यसको टुंगो समेत लागिसकेको बताए ।
एमालेको गढको रुपमा चिनिने कास्कीमा यो पटकको संघ र प्रदेश निर्वाचनमा एमालेले महिलालाई पथमिकतामा राखेको वताउदै थापाले कास्कीको तीन निर्वाचन क्षेत्र मध्य संघमा एक र प्रत्येक निर्वाचन क्षेत्रमा लक्षित गरी प्रदेश सभामा तीन जना महिलालाई उमेदवार वनाउने र त्यसको टुंगो समेत लागिसकेको वताएका हुन ।
त्यसैगरी थापाले हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा पांचदलिय गठबन्धन संग एमाले एक्लै चुनामा जांदा एमालेका उमेदवारहरु हारेतापनि निर्वाचनको परिणामले नेकपा एमाले पहिलो दल भएकाले कुनैपनि हालतमा पांचदलको गठबन्धनको उमेदवारलाई पराजित गर्नेगरि सम्पुर्ण कार्यकर्ताले दृढ संकल्पका साथ लाग्नुपर्नेमा उनले जोड दिए । लोकतन्त्र र गणतन्त्र नचाहनेहरु सल्वलाईरहेको र पाँच दलिय गठबन्धन बिकास भन्दापनि आफ्नो स्वार्थमा लागेको उनको भनाई रहेको थियो ।
नेकपा एमाले कास्कीको उपाध्यक्ष तेजनारायण अधिकारिले महिला दिदीबहिनी पुरुष भन्दा कम छैन भन्ने भनाईलाई यथार्थमा देखाउनका लागि खेलकुद महासंघले महिला डोरी तान प्रतियोगिता आयोजना गरि महिला दिदीबहिनी बीच सद्भाव कायम गराउन मुख्य भुमिका खेलेको वताउदै अधिकारीले पनि मंसिर ४ को निर्वाचनमा एमालेको पक्षमा मत बटुल्नका लागी अभियान चलाउन आवश्यक रहेको वताए ।
नेपाल खेलकुद महासंघ जिल्ला कमिटि कास्कीको अध्यक्ष दुर्गादत्त पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले पोखरा महानगर पोखरा २६ का अध्यक्ष राम चन्द्र तिमिल्सिना, एमाले पोखरा २७ का अध्यक्ष सूर्यमणि लामिछाने, महसंघ कास्कीका सचिव सचिव शिवराज सुवेदी लगायतले स्थानिय तहको निर्वाचनको समिक्षा गर्दै संघ र प्रदेश तहको निर्वाचनमा सवै तह र तप्काबाट कार्यकर्ताहरु लाग्नुपर्नेमा जोड दिएका थिए ।
