
केशव पाठक,
नत मनमा कुनै गम छ, नत कुनै ठुलो सोच एकनास छ अरुण दत्तको उशु यात्रा ३३ वर्ष देखि काठमाण्डौ हुँदै पोखरा सम्म । जिवनका सबैपलहरु उशुमा विताएका अरुणको एकतमासको खेल जिवन निरन्तर नदीको वहाव झैं कहिँ कतै नरोकिइकन दौडिरहेको छ ।
“कति छ त अव खेलकुदको जागिरे जिवन?” उनको ओंठमा मन्द मुस्कान हुन्छ अनि भन्छन–“होला नि अझै ७–८ वर्ष ।” २०४८ साल बाट पोखरामा प्रशिक्षकको जिम्मेवारी सम्हालेका अरुणको जन्म थलो भने काठमाण्डौको शाँखु हो । तर पनि उनको जन्म ठाउँ भन्दा पनि पोखरा खेलकुदको कर्म थलो बनेको छ । जिवनको तिन दशकका पलहरुमा उनले खेलकुदमा आफ्नो पसिना वगाएका छन ।

नेवार परिवारको छोरो पक्कै व्यापारी हुने सोच उनमा पनि नपलाएको होइन । परिवारको पुख्र्यौली पेशा कृषी अनि व्यापार । तर अरुण त्यस भन्दा टाढा पुगे । बाउ बाजेको विँडो थामेनन उनले । युवावस्थामा हेरेका कङफुका चलचित्र बाट मोहित बने । अनि आफु पनि यस्तै किन नवन्ने ? त्यतै ढल्किए । खेलाडी अनुशासित हुन्छन, सेनामा जागिर पाउँछन, इज्जत अनि सम्मान हुन्छ भन्ने उनले राम्रै संग बुझेका थिए ।
बालककालमा खेलाडीको शान देखेर उनी चकित बन्थे । समाजमा खेलाडीलाई हेर्ने दृष्टीकोणनै फरक भएको पाए । खेलाडीहरुको सवत्र हाई–हाई देखेर त्यसैमा रम्थे । अनि खेलाडी बन्ने अठेट पाले । कङफुका चलचित्र अनि खेलाडीको त्यो शान उनको जिवनमा आफु पनि खेलाी बन्ने धोको लिंदै २०४४ साल बाट खेलकुद छिरेका अरुण ५० वर्षमा टेकेका उनमा अझै पनि उत्तिकै छ खेलप्रतीको मोह ।
चिनियाँ खेलक उशु नेपालमा २०४४ सालमा भित्रिएको थियो । प्रनिल ध्वज कार्की र चन्द्र लामा यसका प्रशिक्षकहरु थिए । यिनै दुई जना बाट उशुको ज्ञान पाए अरुणले । त्यस पछि यात्रा रोकिएन । खेलकुदलाई च्याप्प समाए । काठमाण्डौ लगाएत देशका अन्य ठाउँमा उशु खेलको प्रचार गरे । डेमोष्ट्रेशन खेलहरु गरे । युवाहरुलाई उशु खेलप्रती मोहित बनाए । यसै क्रममा २०४७ साल त्यसैको दौरान पोखरा आए ।
पोखराले अरुणलाई छोडेन । उनी यतै रमाए । ३० वर्ष भएछ पोखरा आएको पनि । उनले आफ्ना ति दिन हरु सम्झिए । उनले भने–“चन्द्र लामा संग पोखरा आएको थिए, उशुको पर्दशनी देखाउन यतै पो बसियो ।” हुनत पोखरालाई कसलाई पो मोहित नर्गला र ? यहाँको खेलकुदको इतिहास र युवाको त्यो जाँगरले पोखरा छोड्न मन गरेन । तत्कालिन खेलकुदका अञ्चल सचिब श्यामकाजी गुरुङले उनलाई पोखरा बस्न सुझाए ।

२०४८–०४९ मा उशुको पहिलो राष्ट्रिय प्रतियोगिता भयो । अरुणले गण्डकी अञ्चलबाट नान छुआन इभेन्टमा सहभागी भए । दोश्रो पदक पाए । २०५० सालमा तनहुँमा दोश्रो राष्ट्रिय प्रतियोगिता भयो उनी तेश्रो भए । उनी पोखरामा उशुलाई यसरी फिजाँएकी हरेक विद्यालयमा उशु हुन्थ्यो । उनले ति दिनहरु सम्झिँदै भने–“विहानीपख त जता हेर्यो उतै कालो युनिफर्ममा उशु खेलाडी हुन्थे ।” वगर, पोखरा रंगशाला, छोरेपाटन, लेकसाइड, लेखनाथ लगाएतका ठाउँहरुमा उशु प्रशिक्षणहरु हुन्थे ।
तर अहिले त्यस्तो छैन । समयले कोल्टे फेरेछ क्यारे उशु पोखरामा विस्तारै हराउँदै गएको छ । तर अरुणमा अझै पनि आशाको दियो भने मरेको छैन । “रंगशालामा यति धेरै पुर्वाधार बनेका छन, तर उशु प्रशिक्षण गराउने ठाउँको अभाव छ” उनले दुखेसो पोखे–“ठाउँनै नभएपछि कहाँ गएर प्रशिक्षण गराउने ?” उनले आफ्नो प्रशिक्षणकालमा धेरै अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेका छन । साग देखि एसियाड सम्म अनि उशुका विश्व च्याम्पियनशिपका खेलाडी उनले उत्पादन गरे । उनी यसमा गर्वित छन ।
कास्की जिल्ला खेलकुदमा २०६१ बाट स्थायी उशु प्रशिक्षकको रुपमा कार्यरत अरुण राजु थापा, विरेन्द्र गहतराज, भुषण वज्राचार्य, छवी गुरुङ, शहनशिला श्रेष्ठ, मनमोहन वानिया, झरना गुरुङ जस्ता खेलाडीलाई प्रशिक्षण दिए । ति मध्ये राजुलाई विश्व च्याम्पियनशिपको ऐरिना पुर्याए । विरेन्द्रले २००२ को एसियन गेम्स सम्म । भुषणले १० औं दक्षिण एसियाली खेलकुदमा मेडल जिते भने बुशान एसियान गेम्समा सहभागिता जनाए । छवी र शहनशिला पनि दक्षिण एसियाली च्याम्पियनशिप मेडलिष्ट हुन भने बानियाले विश्व उशु च्याम्पियनशिपमा खेलेका छन ।
अहिलेका खेलाडीमा खेलप्रतीको समर्पण भाव नहुँदा खेलाडीले भने जस्तो पदर्शन गर्न नसकेको उनको भनाई छ । पोखराको यति लामो बसाईमा पनि हात मुख जोर्ने बाहेक अरु सम्पती उनले जुटाउन सकेका छैनन । उनी गर्व गर्दै भन्छन–“मैले जति खेलाडी उत्पादन गरे ति मेरा सम्पती हुन, अझै गर्छु ति मेरा अचल सम्पती हुनेछन ।”
झरनालाई भने धेरै पछि आएर अरुणले प्रशिक्षण दिएका हुन । झरनाको कहिले काठमाण्डौ र कहिले पोखरा बसाईले उनले पोखरामा रहँदा नियमित प्रशिक्षण दिए । झरनाले दुई वटा सागमा मेडलिष्ट रहिन भने एसियन गेम्समा सहभागिता जनाएकी थिइन । उनले प्रशिक्षण गरेका खेलाडीको अनुभवले पनि उनमा आफुले गर्व गर्ने प्रशस्त ठाउँ भने छ । तर उनमा अझै केही गर्ने अठोटले अझै पनि बिहान ६ देखि ९ बजे सम्म रंगशालाको नियमित प्रशिक्षणमा रमाउँछन भने दिन रंगशालामा नै अन्य कामले वित्छ ।
अरुणले आफ्नो जिवन यात्रामा सन २००८ मा चिन बाट इन्टरनेशनल रेफ्री कोर्ष गरेका छन । सन १९९७ मा नेपालमा बाटै साउथ एसियन लेभलको प्रशिक्षक र रेफ्री कोर्ष पनि गरे । ११ औं दक्षिण एसयाली खेलकुद साग वंगालादेशमा उशुको रेफ्रीको भुमिका निर्वाह गरे । १२ औ. दक्षिण एसियाली खेलकुद साग शिलोङ्गमा उनी नेपाली टिमको प्रशिक्षक थिए । ‘
“विदेश गएर धेरै सम्पती जोड्न सक्थे होला” उनले मनमनै गुने–“सबै छोडें, यतै खेलाडी उत्पादन गर्छु, केही गर्छु भन्ने सोच सँधै रह्यो, त्यो आज पर्यन्त छ ।” जिवनमा उशु खेल बाटै सबै पाएको बताउँछन उनले प्रश्न तेस्र्याए–“खोई गुमेको त केही छैन ।”
“पहिला बाउ आमाले खेल्न गयो भने विर्गियो भन्थे, अहिले धेरै बालबालिका घरमानै बसेर इन्टरनेटमा झुण्डिएर अझै विग्रेका छन” अरुण तितो पोख्छन–“हामी उती बेला केही सुविधा नहुँदा पनि ज्यान दिएर खेलमा लाग्यौं, तर अहिले खेलकुदमा सुविधा प्रशस्त छ, तर खेलाडी छैनन ।” अहिलेका खेलाडीमा खेलप्रतीको समर्पण भाव नहुँदा खेलाडीले भने जस्तो पदर्शन गर्न नसकेको उनको भनाई छ । पोखराको यति लामो बसाईमा पनि हात मुख जोर्ने बाहेक अरु सम्पती उनले जुटाउन सकेका छैनन । उनी गर्व गर्दै भन्छन–“मैले जति खेलाडी उत्पादन गरे ति मेरा सम्पती हुन, अझै गर्छु ति मेरा अचल सम्पती हुनेछन ।”
उशु निके सम्भावना बोकेको, धेरै इभेन्ट भएको र जुन सुकै उमेरकाले पनि खेल्न सक्ने भएको खेल भएको बताउँछन अरुण । उनलाई युरोप देखि विभिन्न देशमा उतै प्रशिक्षक बन्न निम्तो नआएको होइन । उनले ति अवसरहरु सवै लत्याए । देशका लागि केही गर्छु, विदेश जान्न भन्ने सोच संधै रहि रह्यो उनमा । “विदेश गएर धेरै सम्पती जोड्न सक्थे होला” उनले मनमनै गुने–“सबै छोडें, यतै खेलाडी उत्पादन गर्छु, केही गर्छु भन्ने सोच सँधै रह्यो, त्यो आज पर्यन्त छ ।” जिवनमा उशु खेल बाटै सबै पाएको बताउँदै उनि यसो भन्छन–“खोई गुमेको त केही छैन ।”
