जेठ १४ गते हुने ५ किमि छात्र/छात्रा दौडका लागि आह्वान

पोखरा स्पोर्टस । यहि जेठ १४ गते शनिबार हुने ५ किमि छात्र/छात्रा दौडका लागि आयोजक संस्थाहरुले सहभागिताका लागि आह्वान गरेका छन् ।

उक्त दौडको आयोजक संस्थाद्वय बगर भाईखलक र दिप युनाइटेडले सहभागिताका लागि आह्वान गरेका हुन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको प्राविधिक सहयोगमा हुने दौड १६ वर्ष मुनीका छात्र/छात्रा दौडमा कास्की जिल्ला भित्रका सरकारी तथा निजि बिद्यालयहरुले सहभागिता जनाउन पाउने आयोजक संस्था बगर भाई खलकका अध्यक्ष दिल बहादुर गुरुङले जनाएका छन् ।

ऐतिहासिक खेलमैदान पुरानो टुडिखेल बाट सांस्कृतिक मैदान बाटुलेचौर मैदान सम्म हुने दौड प्रतियोगिताको तयारीका लागि विद्यालयहरुले नाम दर्ता प्रक्रिया सुरु गरिएको जानकारी दिंदै एक विद्यालयबाट एकमुष्ट २५ जना विद्यार्थी दर्ता भएमा दर्ता शुल्क निशुल्क गरिने आयोजकले जनाएको छ ।

युवा खेलाडीको उत्पादनमा समेत सहयोग पुगोस भन्ने हेतुले आयोजना गरिएको उक्त प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने छात्र/छात्रा खेलाडीले जनही क्रमश नगद रु १० हजार, ७ हजार र ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी छात्रातर्फ ३० जना र छात्रतर्फ  ५० जनालाई उनीहरु दौडेको क्रम संख्याका आधारमा मेडल प्रदान गरिने छ ।

प्रतियोगितालाई व्यवस्थितरुपमा सञ्चालन गर्न प्रतियोगिताको मुख्य संयोजकमा जुम प्रसाद गुरुङको संयोजकत्वमा ११ सदस्यिय उपसमिति गठन गरिएको छ । त्यसै गरी दौडको संयोजकमा जुम गुरुङ, प्राविधिक समितीको सदस्यमा हरि बहादुर बरुवाल र ओम बहादुर गुरुङ रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न अनुमानित १ लाख ७० हजार लाग्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close