
पोखरा स्पोर्टस । मदन भण्डारी स्पोर्टस एकेडेमीको केन्द्रिय बैठक पोखरामा हुने भएको छ ।
एकेडेमीको दोश्रो पूर्ण बैठक यहि चैत २७ गते पोखरामा आयोजना हुने तय भएको एकेडेमीका उपाध्यक्ष राजेश कुमार गुरुङले जानकारी गराएका हुन् ।
उनका अनुसार बैठकमा देशभरीबाट करिव २ सय भन्दा वढी केन्द्रिय पदाधिकारी तथा सदस्यहरु पोखरा आउने कार्यक्रम तय भएको छ ।
बैठकले एकेडेमीमार्फत खेलकुदलाई देशव्यापीरुपमा चलायमान गराउनुका साथै आवश्यक जनशक्ती उत्पादन तथा खेलकुद संस्कृती विकास गर्न विभिन्न निर्णयहरु समेत गर्ने जनाइएको छ ।
चैत २७ गते हुने बैठकको तयारी सुरु गरिएको जानकारी दिंदै उपाध्यक्ष गुरुङले बैठकलाई सफल बनाउन सबै खेलकुदकर्मीहरुलाई आग्रह समेत गरेका छन् ।
