‘खेलकुदले महिला शसक्तिकरणमा सकारात्मक भूमिका खेलेको छ’, उप प्रमुख गुरुङ

पोखरा, १९ असार । पोखरा महानगरपालिकाका उप प्रमुख मञ्जु देबी गुरुङले महिला शसक्तिकरणका लागि खेलकुदले सकारात्मक भूमिका खेलेको बताएकी छन ।

कास्की जिल्ला खेलकुद बिकास समितीले आयोजना गरेको दुई दिने ‘राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम–२०७६’ कार्यक्रमको पोखरा रंगशालामा उदुघाटन गर्दै उप प्रमुख गुरुङले पितृसतात्मक राज्य सत्ताका कारण अहिले पनि महिला हरुले सामाजिक हिंसाका पिडाहरु खेप्नु परेको बताउँदै यसलाई तोड्न महिलाहरु हरेका क्षेत्रमा अगाडी बढ्नु पर्ने उल्लेख गरिन ।

पोखरा महानगरपालिकाले पाँचौ नगर सभामा महिला शसक्तिकरणका लागि विभिन्न कार्यक्रमका साथ अगाडी आएको बताउँदै उपप्रमुख गुरुङले विगतमा पनि १६ दिने ंिहसा विरुद्धका अभियान संचालन गरेको बताइन । उनले समाजमा बढ्दै गइरहेका महिला हिंसा विरुद्धका घटना रोक्नकालागि पनि महानगरले पुरुषहरुलाई सचेतना अभियान संचालन गर्न लागेको जनाकारी दिइन ।

खेलकुदले स्वस्थ्य मानसिकता बनाउन सबै तहका लागि महत्वपूर्ण रहेकोले महानगरले खेलकुद बिकासका लागि उत्तिकै प्राथमिकता साथ अगाडी बढेको उपप्रमुख गुरुङले बताइन ।

कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालय प्रमुख प्रकाश बराल लगाएतले बोलेका थिए । दुई दिन सम्म चल्ने उक्त कार्यक्रममा पोखराका विभिन्न सामुदयिक तथा संस्थागत बिद्यालयका करिब १ सय ५० जना छात्राहरुको सहभागिता रहेको छ ।

कार्यक्रम अन्तरगत माबी तहमा अध्ययनरत छात्राहरुलाई आत्मरक्षा सम्बन्धि प्रशिक्षण दिइने छ । उनीहरुलाई प्रशिक्षक थमन थापा र मनु माया जेटीले प्रशिक्षण दिनेछन ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठ, कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, सोही कार्यालयका डिबी नेपाली, जिल्ला खेलकुदका कोषाध्यक्ष दिपक बहादुर गोदार लगाएत अन्य विभिन्न खेलकुदका प्रशिक्षकहरुको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close