
पोखरा स्पोर्टस। गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रथम गण्डकी प्रदेश भेट्रान्स टेबुलटेनिस प्रतियोगिता पौष २२ र २३ गते पोखरामा हुने प्रतियोगिताका संयोजक परिषद्का उपाध्यक्ष धोज कुमार गुरुङले बताएका छन् ।
पोखरा महानगर खेलकुद बिकास समितिको सहआयोजना तथा कास्की जिल्ला टेबुलटेनिस संघको ब्यबस्थापनमा हुने प्रतियोगितामा कास्की सहित ४ जिल्लाका ४० जना खेलाडीको सहभागिता रहने संघका अध्यक्ष उत्तम जोशीले बताए ।
४० प्लस मेन्स सिङल, ५० प्लस मेन्स सिङल, ५० प्लस मिक्स डबल इभेन्टमा हुने खेलमा ४० प्लस र ५० प्लस मेन्स सिङलमा प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५र५ हजार प्राप्त गर्ने छन् भने मिक्स डबलमा प्रथमले २० हजार, दोस्रोले १६ हजार र तेस्रोले ४र४ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा गण्डकी प्रदेशका खेलकुद मन्त्री राजिब गुरुङको पनि सहभागी हुने भएकोले खेल रोमाञ्चक हुने सहआयोजक पोखरा महानगर खेलकुद बिकास समितिका अध्यक्ष दिपक गोदारले बताएका छन् ।
फायल तस्विर
