
पोखरा, मेरो नेपाल युवा क्लबले आयोजना गरेको पाँचौं खुला नक आउट सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार ७ खेल सम्पन्न भएका छन ।
पहिलो खेलमा एलजी एसोसिएसनले एम वाइसी–१४ लाई १०–० को भारी गोल अन्तरले पाखा लगाएको छ । एलजीको जितमा अजय श्रेष्ठले दोहोरो ह्याट्रिक गरे भने सुलेमान थापा मगरले ह्याट्रिक गरेका थिए । त्यस्तै भिम गुरुङले एक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच अजय श्रेष्ठ घोषित भए ।
दोस्रो खेलमा योङ स्टारले वाकओभर पायो योङ स्टारको प्रतिद्वन्दी लेक साइडले खेलमा सहभागिता नजनाएपछि योङ स्टारले वाक ओभर पाएको हो ।
तेस्रो खेलमा मनोहर क्लबले नयाँ गाउलाइ १–० को झिनो गोलले हराउदै अर्को चरणमा प्रवेश गरेको छ । मनोहरको जितमा नवीन थापा मगरले निर्णायक गोल गरेका थिए उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।
चौथो खेलमा वुद्व शान्तीले गलेश्वर बि लाई २–० गोलले हराएको छ । बुद्धको जितमा अर्जुन थापामगर र सुमित श्रेष्ठले समान एक एक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच अर्जुन थापामगर घोषित भए ।
त्यस्तै पाचौं खेलमा मिलन टोलले मनोहर ए लाई २–१ गोलले हराएको छ । मिलन टोलको जितमा सुवास बानियाले (आत्मघाती गोल) र मुकेश श्रेष्ठले समान एक एक गोल गरेका थिए ।
भने मनोहरका लागि मनिष बानियाँले सान्त्वना गोल गरेक थिए । खेलको म्यान अफ दि म्याच मिलन टोलका मुकेश श्रेष्ठ घोषित भए । त्यस्तै छैटौं खेलमा शिव मार्गले वाक ओभर पायो । शिव मार्गको प्रतिद्वन्द्वी इन्द्रेणी भेट्रान्सले खेलमा सहभागिता नजनाए पछि शिव मार्गले वाकओभर पाएको हो ।
मंगलबारको अन्तिम खेल मेरो नेपाल ब्याक र कम्बमाइन बिच भएको थियो । उक्त खेलमा ७–१ गोलको अन्तर पादै मेरो नेपालले जितेको छ । भने मेरो नेपालको तर्फबाट अनुज भण्डारीले ७ गोल गरेका थिए । यता कम्बमाइनको तर्फबाट राजु ठकुरीले १ गोल गरेका हुन । भने उक्त खेलको म्यान अफ दि म्याच मेरो नेपालका अनुज भण्डारी भएको प्रचार प्रसार संयोजक पृथ्वी कुवरले जानकारी दिए ।
प्रतियोगिता रामेश्वरी विद्यालयको खेलमैदान मझेरीपाटन भएको प्रतियोगितामा ४० टिमले भाग लिएका छन् ।
प्रतियोगिता विजेता र उपविजेताले क्रमश १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र ७५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । सेमिफाइनलमा प्रवेश गरेका २ टिमलाई प्रमाणपत्रसहित १०–१० हजार प्रदान गरिनेछ ।
अनुशासित टिमले ७ हजार, सर्वोत्कृष्ट खेलाडीले ७ हजार, उत्कृष्ट गोलकिपरले ५ हजार, उत्कृष्ट डिफेन्डरले ५ हजार, मिड फिल्डरले ५ हजार, सर्वाधिक गोलकर्ताले ५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजक एगेन्द्र कुँवरले जानकारी दिए । प्रतियोगितामा ११ लाख खर्च र २५ लाख बचत हुने अनुमान गरिएको क्लबका अध्यक्ष दिवस कँुवरले बताए । प्रतियोगिताबाट बचत भएको रकमले सामूहिक व्यामशाला निर्माण गर्ने क्लबको योजना छ ।
