एनआरएस कर्पोरेट फुटसल सुरु

पोखरा स्पोर्टस । दोश्रो संस्करणको एनआरएस कर्पोरेट फुटसल सुरु भएको छ ।

उक्त प्रतियोगिता नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जिवनराम श्रेष्ठले उद्घाटन गरेका हुन् । उक्त प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले विभिन्न कर्पोरेट हाउसहरु संग सम्वन्ध विस्तार गर्न प्रतियोगिता सफल हुने बताए । मुलुकको शान्ती र समृद्धीको लक्ष्य प्राप्तीका लागि खेलकुदको विकास अपरिहार्य रहेको उनको भनाई थियो ।

उद्घाटन कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवम कार्यकारी निर्देशक चतुरानन्द राज बैध्य, ओलम्पिक कमिटीका महासचिव एवम एनआरएस प्रतिष्ठानका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, ओलम्पिक कमिटीका सदस्य रमेश शिवाकोटीको सहभागिता रहेको थियो ।

एनआरएस प्रतिष्ठान द्वारा आयोजित प्रतियोगितामा २१ विभिन्न २१ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा नागरिक उड्ययनका दुई टिम, नेपाल खेलकुद पत्रकार मञ्च, क्लाउड फेक्ट्रीको दुई टिम, फोर्स मोटर्स, फर्निचर ल्याण्ड, फ्युज मेशिन, ग्रिष्मा वहुउद्धेश्यिय सहकारी, हिमालयन बैंक, हिमालयन बैंक लि., जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज, खल्ती डिजिटल वालेट, कुमारी बैंक, नेपाल इयरलाइन्स, नेपाल ओलम्पिक कमिटी, प्रभु बैंक, कतार राजदुतावास, शिदार्थ बैंक, टोयोटा, भायानेट, जाकी पोइन्ट्स, नाइस टुर्स एण्ड ट्राभल्स लगायत रहेका छन् ।

लिग कम नक आउटका आधारमा हुने प्रतियोगितामा उपाधि विजेताले ट्रफी, मेडल र प्रमाणपत्रका साथमा नगद १ लाख, उपविजेताले नगद ५० हजार प्राप्त गर्ने संस्थापका श्रेष्ठले जनाएका छन् । त्यसै गरी उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर र फेयर प्ले टिमले जनही नगद रु ५ हजार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close