
पोखरा स्पोर्टस । पोखराको प्रतिष्ठित संस्था डिफेन्डिङ च्याम्पियन बगर भाइ खलकले हेटौडामा जारि हेटौडा भेट्रान्स छैटौ एट ए साइड फुटवलको उपाधी रक्षा गरेको छ ।

चौथो संस्करणको उपाधी विजेता समेत रहेको सानो गौचरन नाइट किङ भेट्रान्स क्लवलाई शनिवार सम्पन्न छैटौ संस्करणको फाइनलमा १–० ले पराजित गर्दै उपाधी रक्षा गरेको हो । हेटौडामा उपाधी जिताउन मनोज गुरुङको एक मात्र गोल प्रयाप्त रह्यो ।

३०–३० मिनेटको खेलमा मनोजले खेलको दोश्रो हाफको १० औं मिनेटमा गोल गरेका थिए । टिमका कप्तान समेत रहेका चन्द्र गुरुङ ‘इस्वर’को पासमा मनोजले गोल गर्दैे टिमलाई उपाधी जिताए । फाइनलमा उपाधी जिताउन गोल गर्ने मनोज प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएको वगर भाइ खलक युके पोखरा प्रतिनिधी धनु थकालीले पोखरा स्पोर्टसलाई बताए । आजको खेलमा टिमलाई उपाधी जिताउन गोल एसिष्ट गर्ने टिमका कप्तान चन्द्रले म्यान अफ दि म्याचको ट्रफी हात पारेका छन ।

उपाधी सँगै बगर भाइ खलकले नगद १ लाख १ हजार १ सय ११ सँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरि उपविजेता सानो गौचरन नाइट किङ क्लवले नगद ५१ हजार १ सय ११ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।


Advt Pokhara Marathon

