नेपाली महिला हक्की टोली ३१ वर्ष पछि भारत जाँदै, गरियो विदाई

पोखरा स्पोर्ट्स । भारतमा हुने सिनियर महिला हक्की प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय महिला हक्की टोलीलाई विदाई गरिएको छ ।

नेपाल हक्की संघले आईतबार आयोजना गरेको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव राम चरित्र मेहताले विदाई गरे ।

राखेप सदस्य सचिव राम चरित्र मेहताले टोलीलाई राम्रो प्रदर्शन गर्न शुभकामना दिए । उनले खेलाडीहरुफाई आफ्नो क्षमता देखाएर उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे ।

नेपाल हक्की संघका महासचिव सुवर्ण श्रेष्ठले ३१ वर्षपछि नेपालको महिला हक्की टोली विदेशमा खेल्न र प्रशिक्षणका लागि जान लागेको जानकारी दिइन् । नेपालले सुरुमा एक हप्ता प्रशिक्षण गर्ने र त्यसपछि त्यहाँ प्रतियोगिता खेल्ने श्रेष्ठले बताईन् ।

अंकिता अधिकारीको कप्तानीमा रहेको नेपाली टोलीमा २६ खेलाडी छन् ।

विदाई कार्यक्रममा नेपाल हक्की संघका अध्यक्ष अनिल प्रसाद शर्मा र महासचिव तथा राखेप कार्यकारी सदस्य समेत रहेकी सुवर्ण श्रेष्ठ लगनयतको उपस्थिती थियो ।

अश्विनी कुमार अधिकारि मुख्य प्रशिक्षक छन् भने रविन्द्र सिंह सहायक प्रशिक्षक र कान्तुराम पनेरु व्यवस्थापक छन् । नेपाली टोली आईतबार भारत प्रस्थान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close