कर्णाली ७२ रनमा अलआउट, गण्डकी ९ विकेटले विजयी

पोखरा स्पोर्ट्स ।  गण्डकी प्रदेशले जारी पीएम कपमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा कर्णाली प्रदेशले दिएको केवल ७३ रनको लक्ष्य पछाएको गण्डकी प्रदेशले १३ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । गण्डकीका लागि सिब्रिन श्रेष्ठले ४० र दीपक डुम्रेले २२ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कर्णाली प्रदेश २५.२ ओभरमै अल आउट हुदै ७२ रन मात्र बनाएको थियो । कर्णालीका लागि प्रकाश जैशीले १५, कप्तान दिवान पुनले १४ र अर्जुन घर्तिले १३ रन बनाएका थिए । त्यस्तै कर्णालीको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा गण्डकीका विपिन खत्रीले ५ विकेट लिएका थिए भने अपराजित पौडेलले ३ तथा सुबास भण्डारी र कमल परियारले एक एक विकेट लिएका थिए ।

योसँगै गण्डकी र कर्णालीको पीएम कपका लिग चरणका खेल सकिएका छन् । यो जितपछि गण्डकी प्रदेशको ९ खेलमा ९ अंक हासिल गरेको छ र छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै कर्णाली प्रदेशले भने यस सिजनमा ९ खेलमा एक जित र ७ हार तथा एक खेल रद्ध हुदै ३ अंक हासिल गरेको छ र नवौं स्थानमा रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close