प्रदेश खेलकुद परिषद गण्डकीको सल्लाहकार संयोजकमा पराजुली

पोखरा स्पोर्ट्स । प्रदेश खेलकुद परिषद गण्डकीको सल्लाहकार समितिको संयोजकमा हरिप्रसाद पराजुली मनोनयन भएका छन् ।

पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी समेत रहेका पराजुलीलाई परिषदले प्रदेश खेलकुद विकास नियमावली २०७८ को नियम ‘ज’ बमोजिम मनोनयन गरेको जनाएको हो । यसअघि पनि उनी यही जिम्मेवारीमा रहिसकेका थिए ।

खेलकुद क्षेत्रमा लामो अनुभव र योगदान दिएका पराजुली नेपाल भलिबल संघका केन्द्रीय सल्लाहकार हुन् भने नेपाल भूतपूर्व खेलाडी मञ्चका निवर्तमान अध्यक्ष समेत रहेका छन् ।

यसैगरी परिषदले सल्लाहकार समितिको सदस्यमा ओलम्पियनद्वय भगवती केसी (बागलुङ) र तीलकराम थारु (नवलपुर) लाई मनोनयन गरेको छ ।

साथै, करातेकी पूर्व राष्ट्रिय खेलाडी चन्द्रा घले (म्याग्दी) तथा मधुविलाश अधिकारी (नवलपुर) पनि सदस्यमा मनोनयन भएका छन् ।

संयोजक पराजुलीसहित मनोनित सबै सल्लाहकार समितिको कार्यकाल चार वर्षको रहने परिषदले जनाएको छ ।

सल्लाहकारहरुको मनोनयनसँगै अनुभवी व्यक्तित्वहरूको नेतृत्वले गण्डकी प्रदेशको खेलकुद यात्रामा नयाँ ऊर्जा, दिशा र प्रेरणाको उज्यालो थप्ने विश्वास गरिएको परिषदका सदस्य सचिब श्रीधर शर्माले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close