गण्डकी प्रदेशस्तरीय महिला फुटबल बैशाख ८ र ९ गते, कास्कीको छनौट खेल ३ गते

पोखरा स्पोर्ट्स । गण्डकी प्रदेशस्तरीय महिला फुटबल छनौट खेल २०८३ बैशाख ८ र ९ गते पोखरामा हुने भएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीको ब्यवस्थापनमा हुने प्रतियोगितामा ५ जिल्लाको सहभागिता हुने अपेक्षा गरिएको कार्यालय प्रमुख डिबी नेपालीले जानकारी दिएका छन् ।

१०औं राष्ट्रिय खेलकुदका लागि अग्रिम छनौट खेलका रुपमा सो प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगितामा कास्कीसहित तनहुँ, स्याङजा, नवलपुर र बाग्लुङका खेलाडीहरुले टिमका रुपमा दर्ता गराएका छन् । तर टिम दर्ता नभए पनि खुल्ला रुपमा आउन चाहने जिल्लालाई सहभागिता गराउने गरी तयारी गरिएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकी आयोजक रहेको सो प्रतियोगिता पोखरा रंगशालाको फुटबल खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिता अन्तर्गत कास्कीको छनौट खेल भने बैशाख ३ गते तय गरिएको जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङले जानकारी दिएका छन् ।

कास्की जिल्ला टिम निर्माणका लागि सबै महिला फुटबल खेलाडीहरुलाई जिल्ला खेलकुदमा सम्पर्क गर्न समेत समितिले आग्रह गरेको छ । यो प्रतियोगिता १०औं को छनौट खेल मात्रै नभई यूवा खेलाडीहरुलाई अवसरको रुपमा लिन सक्ने कार्यालय प्रमुख नेपालीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close