३००० मिटरमा सन्तोषी श्रेष्ठको नयाँ किर्तिमानी दौड

पोखरा स्पोर्ट्स । ३००० मिटर दौडमा ओलम्पियन सन्तोषी श्रेष्ठले नयाँ किर्तिमान स्थापित गरेकी छन् । कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा जारी प्रतियोगिताको अन्तिम दिन सन्तोषीले ३६ वर्ष पुरानो रेकर्ड तोडेकी हुन् ।

सन्तोषीले ३००० मिटर दौड ९ः४३.१९मिनेटमा पुरा गर्दै नयाँ रेकर्ड बनाएकी हुन् । ३६ वर्ष अघी सो रेकर्ड राजकुमारी पाण्डेको नाउमा रहेको थियो । उनले १९९० मा बेइजिङमा भएको ११औं एशियन एशियन गेम्समा बनाएकी थिइन् । राजकुमारीको यस अघीको समय ९ः४८.१४ मिनेट रहेको थियो ।

३६ वर्ष अघीको रेकर्ड तोडेकोमा सन्तोषीले यो रेकर्ड तोड्न आफूले ६ वर्ष कुर्नु परेको पोखरा स्पोर्ट्स संगको कुराकानीमा बताइन् । उनले भनिन्–“३००० मिटरमा यो मेरो शुखद सुरूवात हो । यहि रेकर्ड तोड्न मैले ६ वर्ष कुर्नु पर्यो । अवसर नहुँदा खेलाडीमा धेरै पिडा छ । यहि पिडाका बीच मैले रेकर्ड बनाए । म यो बेला राजकुमारी दिज्यूलाई सम्झिन चाहन्छु । उहाँलाई धन्यबाद दिन चाहन्छु ।”

अब आफ्नो तयारी एशियन गेम्सका लागि रहेको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close