
पोखरा स्पोर्ट्स । गण्डकी प्रदेशले जारी पीएम कप अन्तर्गत लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो ।
लुम्बिनीले दिएको २०८ रनको लक्ष्य पछाएको गण्डकी प्रदेशले ४४.१ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । गण्डकीको जितमा अर्जुन कुमालले १०३ रनको शतकीय पारी खेलेका थिए । यो यस पीएम कपमा अर्जुनको दोस्रो सतक हो । त्यस्तै क्रिबिन श्रेष्ठले ४३ रन बनाएका थिए भने दीपक डुम्रेले २५ र मुस्कान थापाले २३ रन बनाएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको लुम्बिनीले ४५ ओभरमा अल आउट हुदै २०७ रन बनाएको थियो ।लुम्बिनीका लागि सन्तोष यादवले ८२ र सालाउद्धीन खानले ६० रन बनाएका थिए ।त्यस्तै गण्डकीका बलर विपिन खत्रीले ४, अपराजित पौडेलले ३ र किब्रिन श्रेष्ठले २ विकेट लिएका थिए ।
यो जितपछि गण्डकीको ८ खेलमा ७ अंक भएको छ र आठौ स्थानमा छ । त्यस्तै लुम्बिनीको भने ७ खेलमा ७ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।
