
पोखरा स्पोर्ट्स । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर करण केसीलाई जारी पीएम कपको एक खेलमा प्रतिबन्ध लगाएको छ ।
करणले सामाजिक सञ्जालमा अम्पायर बारे गरेको टिप्पणीपछि क्यानले उनलाई कारवाही गरेको हो ।
क्यानले नेपाल पुलिस क्लबबाट खेलिरहेका करणले अम्पायरहरुप्रति सामाजिक सञ्जालको एक पोष्टमा गरेको कमेन्टप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनलाई कारवाही गरेको हो । साथै उनको एक खेलको शतप्रतिशत म्याच शुल्क बराबर जरिवाना समेत गरेको क्यानले जनाएको छ ।
पीएम कप अन्तर्गत सन्दीप लामिछानेको अम्पायरसँग भएको झगडाको तस्बीर शेयर भएको पोष्टमा करण केसीले खेलका क्रममा खेलाडीले अम्पायरलाई पिटेमा के सजाय हुन्छ भन्दै कमेन्ट गरेका थिए । उनले भनेका थिए- यदि कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिट्यो भने कति खेल ब्यान हो ? जानकारी को लागि ।’
करणको सो टिप्पणीप्रति अम्पायर संघले आपत्ति जनाएको थियो ।
