
पोखरा स्पोर्टस । हरेक वर्ष हुदै आएको जय ट्रफी मेन्स इलाइट कप क्रिकेटमा अब ६ टिमको सहभागिता हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले एक प्रेश विज्ञप्तीमार्फत सो जानकारी दिएको हो । यस अघी सो प्रतियोगितामा नेपालका ४ उत्कृष्ट टिमहरुको सहभागिता रहँदै आएको थियो ।
क्यानले यो सिजनबाट थप २ गरी कुल ६ टिमलाई सहभागिता गराउने प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् ।
सो प्रतियोगितामा पीएम कपका उत्कृष्ट ४ टिमले सहभागिता जनाउँदै आएका थिए ।
