कास्की जिल्ला टेनिस संघका अध्यक्ष गुरूङलाई मातृ शोक

पोखरा स्पोर्ट्स । कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरूङ ‘राजु’ लाई मातृ शोक परेको छ ।

अध्यक्ष गुरूङकी आमा देवी माया गुरूङको ९१ वर्षको उमेरमा शुक्रबार राती २ः३० बजे फिसटेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

पोखरा १ बगर निवासी स्वर्गिय गुरूङको दुई छोरा र तीन छोरी छन् । स्वर्गिय गुरूङकी एक छोरी शान्ती गुरूङ नेपाली महिला राष्ट्रिय भलिबल टिमकी प्रशिक्षक समेत रहेकी थिइन् ।

उहाँको आज नै अन्तिम संस्कार गर्ने तयारी रहेको छ । उहाँको अन्तिम संस्कार शुखवती गुम्वा सिम्पानीमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close