नेपाल ‘ए’ क्रिकेट टिमको अन्तर्राष्ट्रिय तयारी : ६ एकदिवसीय खेल खेल्ने

पोखरा स्पोर्ट्स । नेपाली ‘ए’ क्रिकेट टिमले आगामी प्रतियोगितामा तीन देशसँग ६ एकदिवसीय क्रिकेट खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार, बैशाख ९ गतेबाट सुरू हुने प्रतियोगितामा नेपालले ओमान, अमेरिका र स्कटल्याण्डसँग खेल्नेछ ।

क्यान प्रवक्ता छुम्बी लामाका अनुसार, सबै खेलहरू माथिल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने छन् । नेपालले आफ्नो पहिलो खेल बैशाख ९ गते ओमानसँग खेल्नेछ भने दोस्रो खेल बैशाख ११ गते ओमानसँग नै हुनेछ ।

त्यसपछि, बैशाख २३ गते स्कटल्याण्ड, २४ गते अमेरिका, २६ गते स्कटल्याण्ड र २८ गते अमेरिका विरुद्ध खेल्ने तालिका तय गरिएको छ।

नेपाल क्रिकेट खेलको विकास र अन्तर्राष्ट्रिय तयारीका लागि यी प्रतियोगिताहरू निकै महत्वपूर्ण रहने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close