
पोखरा स्पोर्ट्स । फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छन् ।
नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सफलताको शुभकामना दिदै अनितालाई सोमबार एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।
अनिता मंगलबार काठमाडौंबाट लुक्ला प्रस्थान गर्ने छिन् । करिब एक सातामा बेसक्याम्प पुगेपछि स्वास्थ्यलगायतको स्थिति हेरेर आरोहण मिति तय हुने अनिताले बताइन् ।
अनिताले आरोहण क्रममा ओलम्पियन संघ, खेलाडी संघ, नेपाल फेन्सिङ संघलगायतको झण्डा लिएर जाने बताइन् ।
नेपालमा भएको १३ औं दक्षिण एसियालीकी रजत विजेता अनिताले यसअघि ६ हजार ३८ मिटर उचाइको छुलु फारइस्ट हिमाल आरोहण गरिसकेकी छन् ।
