दशौं पोखरा स्पोर्ट्स अवार्डः पाँच खेलाडी पिपल्स च्वाइसमा मनोनयन

पोखरा स्पोर्ट्स । आसन्न दशौं पोखरा स्पोर्ट्स अवार्ड २०८२ का लागि पाँच खेलाडी मनोनयनमा परेका छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार एक कार्यक्रमका बीच मनोनयन सार्वजनिक गरेको हो ।

मनोनयनमा पर्ने खेलाडीहरुमा फुटबलका दिप कार्की, भलिबलका राजन दर्लामी, एथलेटिक्सकी नारायणी भण्डारी, मुआथाई/आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा र क्रिकेटका विपिन खत्री रहेका छन् ।

पिपल्स च्वाइस अवार्डका लागि गुरूङ गहना घरले प्रायोजन गर्ने भएको छ । विजेताले एक थान स्कुटरसहित ट्रफी प्राप्त गर्ने मञ्चका उपाध्यक्ष राजाराम पौडेलले जानकारी दिएका छन् ।

आफ्नो मन पर्ने खेलाडीलाई खल्ती एप वा वेवसाइटमा गएर भोटिङ गर्न सकिनेछ । खल्ती एपको सहकार्यमा हुने भोटिङका लागि प्राविधिक कार्य आज साँझबाट सुरूवात गर्ने महासचिब परशुराम आचार्यले जानकारी दिएका छन् ।

पिपल्स च्वाइसमा आफ्नो संस्थाले सहयोग गर्न पाउनु गर्वको विषय रहेको गुरूङ गहना घरकी सञ्चालीका सिमा गुरूङले बताउँदै खेलक्षेत्रको विकासका आफ्नो सक्दो सहयोग रहिरहने प्रतिवद्धता जनाइन् ।

दशौं पोखरा स्पोर्ट्स अवार्ड २०८३ बैशाख १८ गते हुनेछ । पोखरा स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससहित ७ खेलाडी र खेल क्षेत्रका व्यक्तित्वहरु सम्मानित हुनेछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close