पीएम क्रिकेट : लुम्बिनीले पुलिसलाई जित्यो, रन्जीत खड्काको शतकीय पारी

पोखरा स्पोर्ट्स । लुम्बिनी प्रदेशले जारी पीएम कपमा नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा लुम्बिनीले पुलिस क्लबलाई ५० रनले पराजित गरेको हो ।

लुम्बिनीले दिएको २५७ रनको लक्ष्य पछाएको नेपाल पुलिस क्लबले ४२.५ ओभरमा अल आउट हुदै २०६ रन बनाएको थियो ।

नेपाल पुलिस क्लबका लागि दिनेश खरेलले ९४ रन बनाए भने श्रवण यादवले ३६ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर अजय चौहानले ४ र देव खनालले ३ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले ४९.५ ओभरमा अल आउट हुदै २५६ रन बनाएको थियो । लुम्बिनीका लागि रन्जीत खड्काले १२८ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै आकाश त्रिपाठीले ३६ र दर्श सोनारले ३३ रन बनाएका थिए ।

त्यस्तै नेपाल पुलिसका बलर ललित राजबंशीले ३ तथा रशिद खान र दिनेश खरेलले २–२ विकेट लिएका थिए ।

यो जितपछि लुम्बिनीको ६ खेलमा ७ अंक भएको थियो छ र चौथो स्थानमा उक्लिएको छ भने नेपाल पुलिस क्लबको ६ खेलमा ७ अंक नै छ र तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close