
पोखरा स्पोर्ट्स । जारी आइपिएलमा आज दुई खेल हुदैछन् । यस सिजनमा पहिलो पटक एक दिनमा आज दुई खेल हुन लागेका हुन् ।
आज पहिलो खेल दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच नेपाली समय अनुसार दिउसो ३: ४५ बजेदेखि दिल्लीमा शुरु हुदैछ । दिल्ली र मुम्बईले प्रतियोगिताका शुरुवातका खेल जितेर विजयी शुरुवात गरेका छन् । दिल्लीले पहिलो खेलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको थियो भने मुम्बईले आफ्नो पहिलो खेलमा कोलकोता नाइटराइडर्सलाई पराजित गरेको थियो ।
त्यस्तै आज अर्को खेलमा गुजरात टाइटन्स र राजस्थान रोयल्स आमने सामने हुदैछन् । गुजरातले पहिलो खेलमा हार बेहोरेको थियो भने राजस्थानले पहिलो खेल जितेको थियो । आफ्नो पहिलो खेलमा गुजरात पञ्जाव किंग्ससँग पराजित भएको थियो । त्यस्तै राजस्थानले भने चेन्नई सुपर किंग्सलाई पराजित गरेको थियो ।