
पोखरा स्पोर्ट्स । जारी टी-२० विश्वकप अन्तर्गत आज दोस्रो सेमिफाइनलमा भारत र इङ्ग्ल्याण्ड भिड्दैछन् ।
मुम्बईको वानखेडे स्टेडियममा हुने यस खेलमा इङल्याण्डले टस जितेर पहिला फिल्डिङ रोजेको छ । योसँगै यस खेलमा भारतले पहिला ब्याटिंग गर्ने भएको छ ।
यस खेलमा भारतका संजु सामसन (विकेटकिपर), अभिषेक शर्मा, इशान किशन, सूर्यकुमार यादव (कप्तान), तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, वरुण चक्रवर्ती, अर्शदीप सिंह र जसप्रीत बुमराह खेल्दैछन् ।
त्यस्तै इङ्ल्यान्डबाट फिल साल्ट, जोस बटलर (विकेटकिपर), ह्यारी ब्रुक (कप्तान), ज्याकब बेथेल, टम बेन्टन, साम कुरान, विल ज्याक्स, लियाम डसन, जामी ओभरटन, जोफ्रा आर्चर र आदिल रशिद खेल्दैछन् ।
