अस्ट्रेलिया जारी टी-२० विश्वकपको समुह चरणबाटै बाहिरियो

पोखरा स्पोर्ट्स ।  अस्ट्रेलिया जारी टी-२० विश्वकपको समुह चरणबाटै बाहिरिएको छ ।  मंगलबार जिम्बाब्वे र आयरल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएपछि अस्ट्रेलियाको सुपर आठको यात्रा टुंगिएको हो । क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम मा खेलको टससमेत नभएर खेल रद्ध भएको थियो ।

यस नतिजासँगै जिम्बाब्वे समुह बी बाट सुपर आठमा प्रवेश गरेको छ। यसअघि सोमबार अस्ट्रेलिया श्रीलंका राष्ट्रिय क्रिकेट टोली सँग ८ विकेटले पराजित भएको थियो भने फेब्रुअरी १३ मा जिम्बाब्वेसँग २३ रनले हारेको थियो ।

अब अस्ट्रेलियाले फेब्रुअरी २० मा ओमान राष्ट्रिय क्रिकेट टोली सँग खेल्न बाँकी छ । तर उक्त खेल जिते पनि मिचेल मार्शको टोली सुपर आठमा पुग्न नसक्ने पक्का भएको छ ।

टी–२० विश्वकप इतिहासमा अस्ट्रेलिया समूह चरणबाट बाहिरिएको यो दोस्रो पटक हो । यसअघि सन् २००९ मा रिकी पोन्टिङको कप्तानीमा पनि टोली लिग चरणबाटै बाहिरिएको थियो ।

समूह ‘बी’ बाट श्रीलंका ६ अंक र जिम्बाब्वे ५ अंकसहित सुपर आठमा पुगेका छन्। अस्ट्रेलिया अन्तिम खेल जिते पनि अधिकतम ४ अंकमै सीमित हुने भएकाले समूहबाट दुई टोली मात्र अघिल्लो चरणमा जाने प्रावधानअनुसार अस्ट्रेलियाको यात्रा लिग चरणमै समाप्त भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close