
पोखरा स्पोर्ट्स । न्यूजील्याण्ड जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ ।
मंगलबार समुह डी अन्तर्गतको खेलमा न्यूजील्याण्डले क्यानडालाई ८ विकेटले पराजित गर्दै प्रतियोगिताको सुपर आठमा स्थान सुरक्षित गरेको हो । क्यानडाले दिएको १७४ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले १५.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
यस अघि पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ४ विकेट गुमाएर १७३ रन बनाएको थियो ।
यो जितपछि समुह डी बाट न्यूजील्याण्ड ४ खेलमा ३ जित र एक हारसहित ६ अंक हासिल गर्दै सुपर आठमा पुगेको छ । यस समुहबाट दक्षिण अफ्रिका यस अघि नै सुपर आठमा पुगिसकेको छ । यो खेलपछि समुह डी बाट अफगानिस्तान, युएई र क्यानडा आ-आफ्नो एक खेल अघि नै प्रतियोगिताबाट बाहिरिएका छन् ।
साथै न्यूजील्याण्ड र दक्षिण अफ्रीकासहित श्रीलंका, वेस्ट इण्डिज, इङल्याण्ड र भारत जारी विश्वकपको सुपर आठमा पुगिसकेका छन् ।
