
पोखरा स्पोर्ट्स । अफगानिस्तानले जारी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ । सोमबार सम्पन्न समुह डी अन्तर्गतको खेलमा अफगानिस्तानले युएईलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो तेस्रो खेलमा पहिलो जित हासिल गरेको हो ।
युएईले दिएको १६१ रनको लक्ष्य पछाएको अफगानिस्तानले १९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
अफगानिस्तानको जितमा इब्राहिम जर्दानले ५३ रन बनाए भने अजमतुल्लाह ओमरजाइले ४०, डरविश रसोलीले ३३ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले सोहैब खानको ६८ र आलिशान शराफुको ४० रनको मद्धतले २० ओभरमा ९ विकेट गुमाउदै १६० रन बनाएको थियो ।
यस खेलमा अफगानिस्तानका स्तर स्पिनर रशिद खानले एक विकेट लिएसँगै टी-२० क्यारियरमा ७०० विकेट लिने विश्वको पहिलो खेलाडी बनेका छन् ।
यो अफगानिस्तानको तेस्रो खेलमा पहिलो जित जित हो । यो जितपछि ३ खेलमा २ अंक हासिल गरेको छ । त्यस्तै युएईको पहि ३ खेलमा २ अंक रहेको छ । अब युएईले समुह चरणको अन्तिम खेल बुधबार दक्षिण अफ्रिकासँग खेल्ने छ भने अफगानिस्तानले विहिबार क्यानडासँग खेल्ने तालिका रहेको छ ।
