पोखरामा गण्डकी प्रदेशस्तरीय टेनिस छनोट सुरू

पोखरा स्पोर्ट्स । पोखरामा गण्डकी प्रदेशस्तरीय टेनिस छनोट प्रतियोगिता सुरू भएको छ ।

पोखरा रंगशालास्थित टेनिस सेन्टरमा सुरू भएको सो प्रतियोगिता गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा भएको हो ।

प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ८ गरी २१ खेलाडीहरुको सहभागिता रहेको गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थले जनाएका छन् ।  प्रतियोगिता राउण्डरोविनका आधारमा सञ्चालन हुनेछ । 

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित उक्त प्रतियोगिता चार दिन सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजेताले मेडल, तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक गण्डकी प्रदेश टेनिस संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close