२०औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरियूकी वाहोमे लाई

पोखरा स्पोर्ट्स । पोखरामा शनिबार सम्पन्न ४२.१९५ किलोमिटर म्याराथन अन्तर्गत २०औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरियूकी वाहोमेले जितेका छन् ।

उनले निर्धारित दूरी २ घण्टा २३ मिनेट ३९ सेकेण्डमा पूरा गर्दै नगद ४ लाख रुपैयाँ र मेडल प्राप्त गर्न सफल भएका छन् । प्रतियोगितामा गजेन्द्र राई २ घण्टा २४ मिनेट ४७ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो भए र नगद २ लाख तथा मेडल जिते । हरिकुमार रिमाल २ घण्टा २७ मिनेट १८ सेकेण्ड समयसहित तेस्रो हुँदै नगद १ लाख र मेडल प्राप्त गर्न सफल भएका छन् ।

नेपाल क्याटगोरीतर्फ गजेन्द्र राई प्रथम भए भने हरिकुमार रिमाल दोस्रो र करण रावल तेस्रो बन्न सफल रहे । उनीहरुले क्रमश नगद रु १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार हात पारे । गण्डकी प्रदेशतर्फ सुवास गुरुङ प्रथम, निरोज भट्ट दोस्रो र धनु मानन्धर तेस्रो भएका छन् । उनीहरूले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद प्राप्त गरे ।

४५ वर्षमाथिको भेट्रान म्याराथनमा रैवतबहादुर दाहाल प्रथम, सुशीलकुमार श्रेष्ठ दोस्रो र चेतनाथ चालिसे तेस्रो भए। उनीहरूले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पाए ।

२१ किलोमिटर हाफ म्याराथन पुरुषतर्फ सञ्जय श्रेष्ठ प्रथम, नगेन्द्रसिंह राउत दोस्रो र गौतम श्रेष्ठ तेस्रो भए। महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम, निशा सार्की दोस्रो र राज्यलक्ष्मी रावल तेस्रो भए । दुवै विधामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ७५ हजार, ५० हजार र ३० हजार नगद पाएका छन् ।

हाफ म्याराथनकै ४५ वर्षमाथिको भेट्रान पुरुषतर्फ धर्म महर्जन प्रथम, तेजबहादुर गुरुङ दोस्रो र कमल गुरुङ तेस्रो भएका छन् ।

१० किलोमिटर पुरुष दौडमा नागेश्वर अहिर प्रथम, उमेश विष्ट दोस्रो र महेन्द्रबहादुर बोगटी तेस्रो बने । महिलातर्फ दीपा परियार प्रथम, सुमित्रा कुमारी चौधरी दोस्रो र नारायणी भण्डारी तेस्रो भइन् । उनीहरूले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद प्राप्त गरे ।

५ किलोमिटर छात्रतर्फ रोसनकुमार माझी प्रथम, रुपेशकुमार माझी दोस्रो र सगुन लामिछाने तेस्रो भए । छात्रातर्फ एञ्जिला जिटी प्रथम, साधना परियार दोस्रो र अनुषा बुढा तेस्रो भए ।

५ किलोमिटर खुल्ला पुरुषतर्फ सन्तोषनाथ योगी प्रथम, बादल कार्की दोस्रो र तुलबहादुर झेण्डी तेस्रो भए । महिलातर्फ टीका खड्का प्रथम, दृष्टि आले दोस्रो र पूर्णकाशी गुरुङ तेस्रो भए ।

५० वर्षमाथिको पुरुषतर्फ राजु भण्डारी प्रथम, किशोर थापा दोस्रो र आईलाल शाही तेस्रो हुँदा महिलातर्फ टोलमाया थापा प्रथम, जगनसुबा गुरुङ दोस्रो र विष्णु ठकुरी तेस्रो भए ।

५ किलोमिटर कर्पोरेट पुरुषतर्फ सुशन थापा प्रथम, दीवेश रिजाल दोस्रो र राजु गुरुङ तेस्रो हुँदा महिलातर्फ पवित्रा सुवेदी प्रथम, खड्कदेवी बास्तोला दोस्रो र विनुता पाण्डे तेस्रो भए ।

.५ किमि र भेट्रानतर्फ विजेता हुने प्रथम, दोस्रो र तेस्रो हुनेले जनही क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close